Like us!
Follow us!
Connect us!
Watch us!

रुम टु रिडले माग्यो कन्ट्री डाइरेक्टरदेखि फिल्ड मेनेजरसम्म

मंगलबार, ०९ कार्तिक २०७३, १२ : ०९ मा प्रकाशित

रुम टु रिडले माग्यो कन्ट्री डाइरेक्टरदेखि फिल्ड मेनेजरसम्म


अर्थ संसार
काठमाडौं–साक्षरता र लैंगिक समानतामा काम गरिरहेको संस्था रुम टु रिडले कन्ट्री डाइरेक्टरसहित विभिन्न पदमा उम्मेदवार मागेको छ । संस्थाले कन्ट्री डाइरेक्टर, प्रोग्राम मेनेजर, फिल्ड प्रोग्राम मेनेजरलगायतका पदका लागि आवेदन आह्वान गरेको हो । रुम टु रिड माइक्रोसफ्टको आकर्षक जागिर छाडेर नेपाललगायत विश्वभरका अल्पविकसित मुलुकमा पुस्तकालय स्थापना गर्दै हिँडेका जोन उडको स्थापना गरेको संस्था हो । 

संस्थाले कन्ट्री डाइरेक्टरका लागि सार्बजनिक प्रसासन, ब्यवस्थापन, शिक्षालगायतका संकायबाट स्नातक गरेर कम्तिमा १० बर्ष अनुभव हासिल गरेको हुनुपर्ने योग्यता तोकेको छ । यस्तै प्रोग्राम मेनेजरमा सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरेर कम्तिमा ७ बर्षको अनुभव हासिल गरेको हुनुपर्ने र बाँके जिल्लामा काम गर्ने फिल्ड प्रोग्राम मेनेजरका लागि सामाजिक विज्ञानमा स्नातकोत्तर गरेर कम्तिमा ५ बर्षको अनुभव हासिल गरेको हुनु पर्ने योग्यता रुम टु रिडले तोकेको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले आगामी नोभेम्बर ७ सम्म संस्थाको वेवसाइटमा गएर आवेदन गर्न सक्ने छन् । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाई कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुरका भूकम्प प्रभावितलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ बितरण गर्न लागेको हो । उपत्यकाका ३ जिल्लामा ९० हजार ८ सय ८८ लाभग्राही पहिचान भएका छन् । 

तीमध्ये काठमाडौंमा सबैभन्दा धेरै ४२ हजार, ललितपुरमा ३२ हजार र भक्तपुरमा २४ हजार भूकम्प प्रभावित पहिचान भएको छ । काठमाडौंका ३ जिल्लाका भूकम्प प्रभावितको पहिचान भईसकेकाले मंगलबारदेखि पहिलो किस्ताको रकम बितरण गर्न लागिएको पुननिर्माण प्राधिकरणले जनाएको छ ।

विस्तृत जानकारीका लागि यो लिंकमा जानुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको