Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँका ६ स्थानमा हुने भयो लोडसेडिङ

शनिबार, १० असार २०७४, १२ : ३२ मा प्रकाशित

काठमाडौँका ६ स्थानमा हुने भयो लोडसेडिङ

अर्थ संसार, काठमाडौँ– लामो समयदेखि लोडसेडिङको मार भोग्नु नपरेका काठमाडौँ बासीलाई अबको केही दिन भने लोडसेडिङ भोग्नु पर्ने भएको छ । विद्युत् आपूर्ति नभएर वा खोलामा पानीको सतह कम भएर भने त्यस्तो अवस्था आएको होइन ।
नेपाल विद्युत् प्राधिरकणले काठमाडौँ उपत्यकाका केही स्थानका ट्रान्सफर्मर तथा अन्य प्राविधिक उपकरण बदली गर्न लागेका कारण विद्युत् कटौती हुन लागेको हो ।
प्राधिकरणकाअनुसार उपत्यकाका करिब आधा दर्जन ठाउँमा शुक्रबारदेखि ३ दिनसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभी चपली सबस्टेसनमा ट्रान्सफर्मर परिवर्तन गर्न लागेकाले समस्या आउने भएको हो ।
चपली सबस्टेसनमा ट्रान्सफर्मर परिवर्तन गर्न लागेकाले भोलि आइतबार साँझसम्म विद्युत सेवा बन्द हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले शुक्रबार यसबारे सूचना पनि निकालेको छ ।
 
प्राधिकरणका अनुसार महाराजगन्ज, बुढानिलकण्ठ, तारेभीर, चुनिखेल, गल्फुटार, धापासीलगायत क्षेत्रमा आपूर्ति बन्द हुन सक्नेछ । प्रभावित क्षेत्रमा वैकल्पिक सबस्टेसनबाट आपूर्ति मिलाइएको तर कुनै पनि समय बन्द हुन सक्ने देखिएको छ ।
ट्रान्सफर्मर जडान पूरा भएपछि आइतबार साँझ ५ बजेबाट नियमित विद्युत आपुर्ति हुने प्राधिकरणले जनाएको छ । विद्युत सेवा बन्द हुँदा उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले सूचना जारी गर्दै क्षमा याचना गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको