Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डले कुलमानसँग सोधे : सुदूरपश्चिममा किन भइरहेको छ लोडसेडिङ

शनिबार, १० असार २०७४, १४ : ३२ मा प्रकाशित

प्रचण्डले कुलमानसँग सोधे : सुदूरपश्चिममा किन भइरहेको छ लोडसेडिङ

अर्थ संसार, काठमाडौं– नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सुदुरुपश्चिमाञ्चल क्षेत्रको विद्युत्भार कटौती तत्काल अन्त्य गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गर्नुभएको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन अभियानमा सहभागी भएर काठमाडौँ फर्कनुभएपछि अध्यक्ष दाहालले आज कार्यकारी निर्देशक घिसिङलाई बोलाएर सुदूरपीश्चमाञ्चल क्षेत्रका किन विद्युत् कटौती गरिएको हो भनेर जिज्ञासा राख्नुभएको हो ।

प्रदेश नं ७ को सुदुरपश्चिमको विद्युत्भार कटौतीको अन्त्य गर्ने विषयमा प्रभावकारी कार्ययोजनाका साथ काम गर्न अध्यक्ष दाहालले कार्यकारी निर्देशक घिसिङलाई तत्काल प्रक्रिया सुरु गर्न आग्रह गर्नुभएको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

चुनावी अभियानका क्रममा तीन दिनअघि सुदुरपश्चिम पुग्नुभएका अध्यक्ष दाहाललाई कञ्चनपुरका स्थानीय जनताले देशका अधिकांश ठाउँमा विद्युत्भार कटौती मुक्त अभियान चलेपनि सुदुरपश्चिममा भने कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए ।

स्थानीय जनताको गुनासो सुनेपछि अध्यक्ष दाहालले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्केलगत्तै सुदुरपश्चिमको विद्युत्भार कटौती अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गर्नुभएको थियो ।शनिबार बिहान धनगढीबाट काठमाडौं आउनुभएका अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई आफू काठमाडौं आइपुग्दा लाजिम्पाट आउन आग्रह गर्नुभएको थियो ।

काठमाडौं आएलगत्तै अध्यक्षले कार्यकारी निर्देशक घिसिङसँग सुदुरपश्चिममा विद्युत्भार कटौतीको  समस्या कम नभएको जानकारी गराउँदै तुरुन्त अन्त्य गर्न आग्रह गर्नुभएको थियो । भेटमा कार्यकारी निर्देशक घिसिङले सुदुरपश्चिममा प्रसारण र ट्रान्सफर्मरको समस्या रहेको बताउँदै तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदुरपश्चिमको विद्युत्भार कटौती अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको