Like us!
Follow us!
Connect us!
Watch us!

बैकिङ क्षेत्रमा परिवर्तन भएपनि जनशक्तिको विकास भएनः गभर्नर डा.नेपाल

कृष्ण भट्टराई

शुक्रबार, ०७ असोज २०७३, १५ : १० मा प्रकाशित

बैकिङ क्षेत्रमा परिवर्तन भएपनि जनशक्तिको विकास भएनः गभर्नर डा.नेपाल

अर्थ संसार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिवी नेपालले विगत २५ वर्षमा बैकिङ क्षेत्रमा ठूलो परिवर्तन भएपनि जनतशक्तिमा विकास नभएको बताएका छन् ।

काठमाडौँमा शुक्रबार सुरु भएको एसियन प्यासिफिक एसोसिएसन अफ बैंकिङ इन्ष्टिच्युट (अपावी) को अन्तर्रा्ष्ट्रिय संम्मेलनमा गभर्नर नेपालले बैकिङ क्षेत्रले जनशक्तिको विकासमा लगानी नगर्ने हो भने वित्तिय क्षेत्रको दिगो विकास सम्भव छैन नभएको दावी गरे । उनले बैंकिङ क्षेत्रको प्रभावकारीता र जोखिम न्युनिकरणका लागि जनशक्ति विकासमा लगानी बढाउनु पर्ने बताए ।

उनले जनशक्ति विकासमा अभाव देखेकोले मौद्रिक नीति मार्फत नाफाको ३ प्रतिशत जनशक्ति विकासमा खर्च गर्नुपर्ने प्रावधान राखेको उनले बताए । अपावीमा १७ देशका वित्तिय क्षेत्रलाई तालिम दिने संहभागि छन् ।

नेपालको बैंकिङ इन्ष्टिच्युट दुई वर्षको लागि अध्यक्ष रहेको छ । सो कार्यक्रममा बैकर्स एसोसिएसनका अध्यक्ष नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेलले शिक्षा र तालिमले बैंकिङ क्षेत्रलाई सबल बनाउन मद्दत गर्ने हुँदा यसप्रतिको चासो पछिल्लो समय बढेको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको