Like us!
Follow us!
Connect us!
Watch us!

सिंहदरबाभित्र सोलार प्लान्ट, सधै चर्चा मात्रै काम भने शुन्य

बुधबार, १४ असार २०७४, १४ : ४६ मा प्रकाशित

सिंहदरबाभित्र सोलार प्लान्ट, सधै चर्चा मात्रै काम भने शुन्य

अर्थ संसार, काठमाडौँ– लामो समयदेखि चर्चामा रहने तर काम भने अगाडि बढ्न नसकेको मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सौर्य प्रणाली जडान गर्ने कार्य सुरु हुन सकेको छैन ।

केवल चर्चाका लागि मात्रै सिंहदरबारमा सौर्य प्रणाली जडान गर्ने कार्यका विषयमा विगतमा मन्त्री तथा उच्च सरकारी अधिकारीले बताउँदै आएका थिए । काम नगर्ने तर चर्चाका लागि मात्रै सौर्य प्रणालीको विषयमा कुरा हुने गरेको परिस्थिती देखिएको छ ।

दिउँसोको समयमा सौर्य प्रणालीबाटै कार्यालय चलाउने लक्ष्यका साथ सिंहदरबारमा सौर्य प्रणाली जडानको कुरा अगाडि बढेको थियो । तर काम नगर्ने केवल हल्ला मात्रै गर्ने सरकारी निकायले हालसम्म त्यसतर्फ ध्यान दिन सकेको छैन । ऊर्जा मनत्रालयमा मन्त्री फेरिए सचिव , उच्च सरकारी अधिकारी पनि फेरिए तर सौर्य प्रणालीको विषयमा कुनै पनि काम अगाडि बढेन सकेको छैन ।

सरोकारवाला निकायको चर्को दबाव पछि बल्ल ऊर्जा मन्त्रालयले सौर्य प्रणालीको विषयमा बल्ल प्रक्रिया अगाडि बढाएको छ ।सिंहदरबार परिसरमा रहेका सरकारी कार्यालयहरूको छतमा सोलार जडान गर्ने २०६७ सालदेखिको सरकारको योजना बल्ल सामान्य रुपमा कार्यान्वयनमा प्रवेश गर्न लागेको हो ।

सौर्य प्रणालीबाटै विद्युत् आपूर्ति गरेर सिंहदरबारलाई लोडसेडिङमुक्त बनाउने गरी सरकारले तत्कालीन अवस्थामा तयार गरेको लोडसेडिङ न्यूनीकरण योजनाअन्तर्गत चिनियाँ कम्पनीले एक मेगावाटको सोलार प्लान्ट निर्माण अघि बढाएको थियो ।सिंहदरबार र परिसरका भवनका छतछतमा सोलार प्लान्ट जडान सुरु भएको ऊर्जा मन्त्रालयले जानकार दिएको छ ।

मन्त्रालयकाअनुसार आगामी ६ महिनाभित्र सोलार प्लान्ट जडान गरिसक्ने लक्ष्य राखिएको छ र चिनियाँ कम्पनीले काम सुरु गरिसकेको छ ।  सोलार जडानका लागि अहिले ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कोअपरेसन लिमिटेड र परामर्शदाता कम्पनी चाइना न्यू इरा इन्टरनेशनल इन्जिनियरिङ कोअपरेसनले काम सुरु गरेको छ ।

हालसम्म बिमा समिति र बिमा कम्पनीमा अर्थिङ र रेलिङको काम सकिएको र जिल्ला अदालतमा पनि काम भइरहेको मन्त्रालयले जनाएको छ ।चीन सरकारको करिब रु ५५ करोड अनुदानमा निर्माण हुने आयोजनाबाट उत्पादित विजुली नेपाल विद्युत् प्राधिकरणको सिंहदरबारमा रहेको ११ केभीको वितरण लाइनमा जोड्ने योजना छ । सिंहदरबारभित्र दिउँसोको लागि सोलारकै बत्ती उपयोग गर्ने लक्ष्य ऊर्जा मन्त्रालयको छ ।

सिंहदरबारका ऊर्जा, अर्थ, परराष्ट्र, शिक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, विज्ञान तथा प्रविधि मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, हुलाक क्षेत्रीय कार्यालय र रेडियो नेपाल तथा सिंहदरवारसँग जोडिएका जिल्ला विकास समिति, जिल्ला अदालत, बिमा समिति, वाणिज्य बैक लगायतका २० भवनका छतमा सोलार जडान गर्न लागिएको छ ।

सिंहदरबारभित्रका ३५ र बाहिरका १५ सरकारी कार्यालयका छतबाट उत्पादन हुन सक्न विद्युत्बारे यसअघि नै अध्ययन गरेको थियो । सुरुमा सिंहदरबारभित्रका छत उपयोग गर्दा सोलारबाट ५ मेगावाट  विद्युत् उत्पादन गर्ने अपेक्षा गरेपनि चिनियाँ कम्पनीले गरेको अध्ययनले एक मेगावाटमात्र उत्पादन गर्ने देखाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको