Like us!
Follow us!
Connect us!
Watch us!
भदौबाट उत्पादन थाल्ने

हिमालपारीको मुस्ताङमा १३.६ मेगावाटको थापाखोला जलविद्युत् आयोजना सम्पन्न हुँदै

विहीबार, १५ असार २०७४, १३ : ५५ मा प्रकाशित

हिमालपारीको मुस्ताङमा १३.६ मेगावाटको थापाखोला जलविद्युत् आयोजना सम्पन्न हुँदै

अर्थ संसार,काठमाडौँ– हिमाल पारीको जिल्लाको रुपमा परिचित मुस्ताङमा निर्माण भइरहेको थापाखोला जलविद्युत् आयोजनाले आगामी भदौबाट विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।

मुस्ताङको टुकुचेमा निर्माणाधीन १३.६ मेगावाटको आयोजनाले आगामी भदौबाट विद्युत उत्पादन सुरु गर्ने तयारी गरेको छ ।

आयोजनाको ९९ प्रतिशत निर्माण सकिएकाले अबको २ महिनामा विद्युत उत्पादन सुरु गर्न सम्भव भएको जनाइएको छ ।

हेडवर्क्स , सुरुङ र विद्युतगृहको निर्माण पूरा भई अहिले पेनस्टक पाइप ढलानको काम अन्तिम चरणमा पुगेको माउन्ट कैलाश इनर्जी प्रालिले जनाएको छ ।

पाइप जडान कार्य सम्पन्न भएपछि परीक्षण उत्पादन सुरु गरिने छ ।रु २ अर्ब ६० करोड लागतमा निर्माण सम्पन्न आयोजनाले वार्षिक ६९.३३ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । उत्पादित विद्युत जिल्लाकै कोवाङ सबस्टेसन र म्याग्दीको दाना सवस्टेसनमा लगेर जोडिनेछ ।

सुरुमा रु २ अर्ब ४५ करोडको लागत अनुमान गरिएकामा भौगोलिक विकटता, भूकम्प, बन्द हडताल, नाकाबन्दी र कालीगण्डकीमा खसेको पहिरोले बाटो अवरुद्ध हुँदा लागत बढेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको