Like us!
Follow us!
Connect us!
Watch us!
स्थापनादेखि एउटै ब्यवस्थापन, तीन पटक बोर्ड फस्ट

दुई दशकदेखि उच्च शैक्षिक नतिजा पस्कँदै आएको पिनाकल

शनिबार, १७ असार २०७४, १० : ५५ मा प्रकाशित

दुई दशकदेखि उच्च शैक्षिक नतिजा पस्कँदै आएको पिनाकल

दिनिता लामिछाने
काठमाडौं–भर्खरै एसइइको रिजल्ट सार्बजनिक भएको छ । विद्यार्थीहरु प्लस टु पढ्न कहाँ जाने भनेर घोरिँदै होलान् । राम्रो शैक्षिक वातावरण, न्युनतम शुल्क, राम्रा शिक्षकहरु भएको शैक्षिक संस्था पाउन निकै गाह्रो छ ।

खोजेको जस्तो वातावरण दिने ललितपुरको मुटु लगनखेलमा रहेको पिनाकल एकेडेमी÷कलेज विद्यार्थीका लागि उपयुक्त गन्तब्य हुनसक्छ भन्ने यसको विगतको नतिजाले प्रमाणित गरिसकेको छ । एकै छिन भेटौं यसका संस्थापक प्रिन्सिपल ऋषि तिवारीलाई । विगत २० बर्षदेखि तिवारीको नेतृत्वमा कलेजले बर्षेनी फड्को मार्दै गएको छ ।

पिनाकलका विद्यार्थीले उच्च माध्यमिक शिक्षा बोर्डमा तीन पटक बोर्ड फस्ट ल्याएका छन् । नियमित जस्तो उत्कृष्ट १० मा आफ्ना विद्यार्थी पर्दै आएको प्रिन्सिपल तिवारीले जानकारी दिनुभयो ।

यहाँबाट उत्पादित धेरै विद्यार्थी छात्रवृत्तिमा नाम निकालेर इन्जिनियर र डाक्टर बनिसकेका छन्,’ तिवारीले भन्नुभयो । विभिन्न ब्यवसायका उच्च पदहरुमा यस क्याम्पसका उत्पादनहरु रहेको रहेको उहाँले जानकारी दिए । संगीत, कला, खेलकुदमा समेत यस क्याम्पसका उत्पादनहरु सफल रहेको उहाँले दावी गर्नुभयो ।

कलेजले कक्षा ११ र १२ मा विज्ञान, बाणिज्यशास्त्र र मानविकी संकायमा कक्षा संचालन गर्दै आएको छ । स्नातक तहमा माइक्रोवायोलोजीमा विज्ञान विषय, प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम केन्द्र (सिटिइभिटी)को सम्बन्धनमा डिप्लोमा इन फार्मेसी कक्षा पनि संचालन गर्दै आएको छ ।

  कलेजले ब्यवस्थावनमा विविए र होटल म्यानेजमेन्टमा विएचएम कार्यक्रम संचालन गर्ने तयारी गरेको छ । यस्तै ल्याव असिस्टेन्ट, अप्थाल्मोलोजी जस्ता रोजगारमूलक विषयको कक्षा संचालन गर्ने तयारी गरिएको तिवारीले जानकारी दिनुभयो ।

शिक्षक÷प्राध्यापकहरुको समुहले संचालन गरेको यस शैक्षिक संस्थाको प्रमुख विशेषता भनेको स्थापनादेखि एउटै ब्यवस्थापनले संचालन गर्नु हो । एउटा शैक्षिक संस्थामा धेरै संस्थापकहरु हुने, विस्तारै संस्थापकहरुबीच फाटो आउने र अन्तमा फुटेर अर्को संस्था जन्माउने आम प्रवृत्तिविपरित पिनाकलको ब्यवस्थापन २० बर्षदेखि एउटै छ ।

यसले गर्दा राम्रो शैक्षिक वातावरण कायम गर्न कलेजले सफलता हासिल गरेको प्रिन्सिपल तिवारीले दावी गर्नुभयो । ‘हाम्रा शिक्षकहरुले विद्यार्थीको साथी, सहजकर्ता, दार्शनिक र अभिभावकको भूमिका निर्वाह गर्छन्,’ प्रिन्सिपल तिवारीले भन्नुभयो, ‘उनीहरुले विद्यार्थीको लुकेर रहेको क्षमतालाई उजागर गर्न सघाउँछन् ।’  

पिनाकल भौतिक पूर्वाधारले पनि सुसम्पन्न छ । भूकम्प प्रतिरोधी भवन, स्वच्छ शैशिक वातावरण यसका थप विशेषता हुन् । विद्यार्थीहरुको शारिरिक र मानसिक विकासका लागि फुटवल, बास्केटबल, टेबलटेनिसजस्ता खेलकुदको कक्षासमेत संचालन हुने गरेको छ । कलेजले विद्यार्थीलाई तनावबाट मुक्त गर्न योगा र ध्यानका कक्षाहरुसमेत संचालन गर्ने गर्दै आएको छ ।

पिनाकलले महंगा शैक्षिक संस्थाहरुको बीचमा न्युन शुल्कमा पढाइ हुने कलेजका रुपमा आफूलाई परिचित गराएको छ । ‘हामीले सबै समुहका नेपालीका छोराछोरीले पढ्न सक्ने गरी शुल्क निर्धारण गरेका छौं,’ उहाँले भन्नुभयोे, ‘कसैले शुल्क तिर्न नसकेर फर्कनु पर्ने अबस्था छैन ।’

कलेजले उत्कृष्ट विद्यार्थीहरुलाई ठूलो संख्यामा छात्रवृत्तिसमेत उपलब्ध गराउने तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार ए प्लस ग्रेड ल्याउने ३० जनालाई भर्ना तथा मासिक शुल्क छुट, ए ग्रेड ल्याउने ३० जनालाई भर्ना तथा मासिक शुल्कमा ५० प्रतिशत छुट, बि प्लस ल्याउनेलाई २० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने तिवारीले बताउनुभयो । प्रवेश परीक्षामा उत्कृष्ट हुनेलाई कलेजले पूर्ण छात्रवृत्ति उपलब्ध गराउँछ ।


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको