Like us!
Follow us!
Connect us!
Watch us!

गोरक्ष हाइड्रोले धादिङमा बनाउँदैछ २५.४ मेगावाटको जलविद्युत् आयोजना

शनिबार, १७ असार २०७४, १५ : ५६ मा प्रकाशित

गोरक्ष हाइड्रोले धादिङमा बनाउँदैछ २५.४ मेगावाटको जलविद्युत् आयोजना

अर्थ संसार, काठमाडौँ– यसअघि नै ८.५ मेगावाट क्षमताको आँखु खाुला जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालन ल्याइसकेको समूहले धादिङमा अर्को जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

धादिङमा कुल २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भएको र आयोजना केही समय भित्रै निर्माणमा जाने छ ।
नेपाल विद्युत प्राधिकरण र गोरक्ष हाइड्रोपावर प्रालिबीच केही दिन पहिले सम्झौतामा हस्ताक्षर भएको हो ।

बर्खाकालको ६ महिना प्रति युनिट ४.८० रुपैयाँ र हिउँदका ६ महिना ८.४० रुपैयाँमा प्राधिकरणले बिजुली खरिद गर्ने गरी सम्झौता भएको गोरक्ष हाइड्रका प्रबन्ध निर्देशक विश्व कँडेलले बताउनुभयो ।

आगामी  ६ महिनाभित्र वित्तीय व्यवस्थापन गरेर आगामी माघबाट आयोजनाको निर्माण सुरु गरिनेछ । जिल्ला विकास समिति धादिङसँगको सहकार्यमा अहिले आयोजना स्थलसम्मको पहुँच मार्ग निर्माण भइरहेको उनले बताए ।

रु ४ अर्ब ३७ करोडे अनुमानित लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले वर्षिक १३९ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । आयोजनाबाट उत्पादन हुने विद्युत त्रिशुली थ्री बि हबमा लगेर जोडिनेछ ।

आयोजनाको विद्युतगृहबाट हबसम्मको २४ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ । आयोजनाको स्वपुँजीको ४० प्रतिशत लगानी अमेरिका निवासी गैर आवासिय नेपाली समुहले गरेको छ । यस्तै २५ प्रतिशत लगानी जर्मनीस्थित नेपाली समुहले गर्नेछ ।


२०७२ साल वैशाखमा सर्वेक्षण अनुमतीपत्र लिइएको आयोजनाको गत जेठ १० गते प्राधिकरणसँग प्रसारण सम्झौता भएको थियो ।‘राजधानीबाट नजिकैको दुरीमा रहेको आयोजना हाइ हेडका कारण आकर्षक छ,’ उनले भने,‘ बर्खा र हिउँदमा समान विद्युत उत्पादन हुनेछ ।

दुई दशकदेखि उच्च शैक्षिक नतिजा पस्कँदै आएको पिनाकल

स्थापनादेखि एउटै ब्यवस्थापन, तीन पटक बोर्ड फस्ट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको