Like us!
Follow us!
Connect us!
Watch us!
शाही बन्ने भए ऊर्जा मन्त्री

माओवादीबाट मन्त्री बन्नेको यस्तो छ सूची

बुधबार, २१ असार २०७४, १८ : ४१ मा प्रकाशित

माओवादीबाट मन्त्री बन्नेको यस्तो छ सूची

अर्थ संसार, काठमाडौँ–सत्तारूढ नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने पार्टीका सांसदहरूको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रले पाँच जना मन्त्रीको नाम टुंगो लगाएको जनाएको छ ।

ती मध्ये दुई जनाको मात्रै मन्त्रालयको टुंगो लागेको छ । एक जना मन्त्रीको नाम भने अझै टुंगो लाग्न सकेको छैन ।माओवादीले अझै सात जना मन्त्री बनाउन पर्ने माग राखेको छ । मन्त्रीको सपथका लागि तयार रहन भने पनि माओवादीले औंपचारिक रूपमा भने टुंगो लगाएको छैन ।

आफ्नो पार्टीले कम्तिमा ६ र बढीमा ७ जना मन्त्री पाउनुपर्ने प्रवक्ता भुसालले बताइन् । कांग्रेसले टुंगो लगाउना साथ पार्टीले पनि टुंगो लगाउने उनले बताइन् । यसअघि माओवादीका तीन मन्त्री भइसकेका छन्।

माओवादीबाट मन्त्री हुनेमा महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ,शिबकुमार मण्डल, टेकबहादुर बस्नेत र आशा कोइराला रहेको माओवादीका एक नेताले बताए ।शाहीलाई ऊर्जा र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । अन्य मन्त्रालय पनि टुंगो लाग्न बाँकी छ।

माओवादीबाट मन्त्री बन्न लागेका शाही कालिकोट, बस्नेत सल्यान श्रेष्ठ रामेछाप र मण्डल मोरङ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने कोइराला समानुपातिक सांसद हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको