Like us!
Follow us!
Connect us!
Watch us!

सत्ता गठबन्धनलाई पछि पार्दै बुटवल उपमहानगर एमालेको बिजयी

बुधबार, २१ असार २०७४, २१ : ५९ मा प्रकाशित

सत्ता गठबन्धनलाई पछि पार्दै बुटवल उपमहानगर एमालेको बिजयी

सम्पन मतगणनापछि निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार १९ वटा वडामध्ये १६ वटा वडासहित नगर प्रमुख तथा उपप्रमुखमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । 

प्रमुखमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत प्राप्त गर्नुभयो । 

नगर उपप्रमुखमा नेकपा एमालेकै गुमादेवी आचार्यले २५ हजार ३०१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय पार्टी जनमुक्तिबाट उम्मेदवार बनेका माओवादी केन्द्रका जगत पोखरेलले १४ हजार ७९२ मत पाउनुभयो । 

निर्वाचनमा विजयी भएपछि प्रमुख सुवेदीले आफूहरुले उपमहानगरका जनतासँग गरेका प्रतिबद्धताअनुसार नगरको आवश्यकता अनुरुप काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 
नेपाली काँग्रेस, माओवादी केन्द्र र जनमुक्ति पार्टीको चुनावी गठबन्धनले वडा नंं १ मा एक महिला सदस्य, वडा नंं १३ मा अध्यक्षसहित एक महिला सदस्य, वडा नंं १८ मा अध्यक्ष र वडा नं १९ मा अध्यक्षसहित तीन सदस्य मात्र जित्न सफल भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको