Like us!
Follow us!
Connect us!
Watch us!

दाङको तुलसीपुरमा एमाले विजयी

विहीबार, २२ असार २०७४, ०८ : ५४ मा प्रकाशित

दाङको तुलसीपुरमा एमाले विजयी

अर्थ संसार, तुलसीपुर (दाङ)– दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा ९एमाले०का घनश्याम पाण्डे २२ हजार ८५७ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ९०३ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

त्यसैगरी, उपप्रमुख पदमा एमालेका मायाँ आचार्य २१ हजार ३६ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाकी देविका नेपालीले २० हजार १८५ मत प्राप्त गर्नुभएको निर्वाचन सहायक अधिकृत ललितबहादुर घर्तीले जानकारी दिनुभएको छ ।

कुल मतदाता ७६ हजार ७०० रहेको तुलसीपुर उपमहानगरपालिकामा ५७ हजारभन्दा बढी मत खसेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको