Like us!
Follow us!
Connect us!
Watch us!

३१६ स्थानीय तहको परिणाम सार्वजनिक : कुन पार्टी कहाँ जिते (सूचीसहित)

विहीबार, २२ असार २०७४, ०९ : ०२ मा प्रकाशित

३१६  स्थानीय तहको परिणाम सार्वजनिक :  कुन पार्टी कहाँ जिते  (सूचीसहित)

काठमाडौँ– दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३१६ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । अहिले सात जिल्लाका १८ स्थानीय तहमा मतगणना जारी रहेको छ ।

झापाका ६ स्थानीय तह, मोरङका तीन, सुनसरी दुई, उदयपुर दुई, रुपन्देही दुई, कञ्चनपुर दुई र कैलालीको एक स्थानीय तहमा मतगणना कार्य जारी रहेको छ । पछिल्लो समय कुनै पनि स्थानीय तहको मतगणना कार्य स्थगित नरहेको केन्द्रले जनाएको छ ।

आज बिहान ८ः३० बजेसम्मको मतगणनाअनुसार नेकपा ९एमाले० १४१, नेपाली काँग्रेस ११७, नेकपा ९माओवादी केन्द्र० ३७, सङ्घीय समाजवादी फोरम सात, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार दुई स्थानमा स्थानीय तहको प्रमुख/अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।

दोस्रो चरणमा ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको