Like us!
Follow us!
Connect us!
Watch us!

धनकुटा प्रदेशको राजधानी बन्नसक्ने : अध्यक्ष ओली

शनिबार, २४ असार २०७४, १९ : १५ मा प्रकाशित

धनकुटा प्रदेशको राजधानी बन्नसक्ने : अध्यक्ष ओली

अर्थ संसार, धनकुटा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धनकुटा १ नं प्रदेशको राजधानी बन्नसक्ने सम्भावना बढेको बताउनुभएको छ ।

धनकुटाका स्थानीय तहका विजयी पदाधिकारीलाई बधाई दिन आज धनकुटा सदरमुकाममा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले धनकुटाका सातवटै स्थानीय तहको निर्वाचनमा एकछत्र विजय गरेका कारण एमाले धनकुटाको पक्षमा रहेको बताउनुभयो ।

स्थानीय तहमा एमालेविरुद्ध देशभरि भएका विभिन्न गठबन्धनले परास्त गर्न नसकेको भन्दै ओलीले नेकपा ९एमाले० नेपालको स्थानीय सरकार सञ्चालन गर्ने स्थानीय तहमा विजयी भई पहिलो पार्टी हुन सफल भएको बताउनुभयो ।

एमालेले धनकुटा जिल्लाका सातवटै स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा विजय हासिल गरेको भन्दै नेपालभरिको स्थानीय तहको निर्वाचनमा धनकुटाको विशेष स्थान रहेको उहाँले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको