Like us!
Follow us!
Connect us!
Watch us!

कीर्तिपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली

आइतबार, २५ असार २०७४, २२ : १३ मा प्रकाशित

कीर्तिपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली

अर्थ संसार, काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

कीर्तिपुर नगरपालिकाको यहाँ आज ‘प्रथम नगरसभा’को उद्घाटन गर्दै अध्यक्ष ओलीले कीर्तिपुर ऐतिहासिक ठाउँ तथा यसको आफ्नै छुट्टै विशेषता भएको बताउनुभयो ।

“यहाँको विकास गरी पर्यटक भित्र्याउनु पर्छ,” उहाँले भन्नुभयो । कीर्तिपुरको विकासका लागि जनप्रतिनिधिलाई सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा सांसद राजन केसी, नगरप्रमुख रमेश महर्जन र उपप्रमुख सरस्वती खड्काले सबै राजनीतिक दलको सहयोगले मात्र कीर्तिपुरको विकास सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा नगरउपप्रमुख खड्काले करिब रु ७९ करोडको बजेट प्रस्तुत गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको