अर्थ संसार, काठमाडौं- यस आर्थिक बर्षमा नेपाल धितोपत्र बोर्डले ५१ अर्ब ५४करोड रुपैयाको हकप्रद सेयर र आइपिओ निष्काशन भएको छ ।
त्यसका लागि बोर्डले ९० वटा कम्पनीहरुलाई स्वीकृत दिएको थियो । बोर्डले ७१ संस्थाहरुलाई करिब ४२ अर्ब ३० करोड रकमको हकप्रद र १९ वटा संथालाई ९ अर्ब २४ करोड रुपैयाको आईपिओ तथा एफपिओ सार्वजनिक निष्काशन गर्न अनुमती दिइएको हो ।
समयमै चुक्तापुँजी पुर्याउन बैंक तथा वित्तीय संस्थालाई रेटिङ्ग गर्नु नपर्ने व्यावस्था गरी हकप्रद सेयर निस्काशनलाई सहजकता प्रदान गरिएको र्बोडले स्मरण गराएको छ ।
त्यस्तै , प्रक्रिया पुगेकालाई आइपिओ निस्काशनमा नरोकिएको र प्रक्रिया नपुगेकोलाई स्पस्ट कागजातहरु उपलब्ध गराउन निर्देशन दिएको र्बोडले स्पष्ट पारेको छ ।
संगठित संस्थाको निष्काशन अनुमति कार्य नियमित तथा पूर्ववतरुपमा सञ्चालन हुदैआएको धितोपत्र र्बोर्डले जनाएको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस