Like us!
Follow us!
Connect us!
Watch us!

गीतकार शिवाकोटीले ल्याए ‘कुलकुल’ (भिडियोसहित)

सोमबार, २६ असार २०७४, ०९ : ५९ मा प्रकाशित

काठमाडौं– गीतकार गोविन्दराज शिवाकाटी आफ्नो नयाँ ‘कुलकुल’ गीति एल्बम तथा म्युजिक भिडियो  लिएर दर्शकमाझ आएका छन् । 

उनको एल्बम तथा म्युजिक भिडियो वरिष्ठ गीतकार रत्न शमशेर थापा, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी र गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाको संयुक्त रुपमा बिमोचन गरे।

गीतकारसमेत रहेका कृष्ण भट्टराइको एकल स्वर रहेको एल्बममा ‘आज फेरि..’ र ‘तिमीलाई नदेख्दा...’ बोलका गीत समेटिएका छन् । ती गीतमा गीतहरुको सगीत वरिष्ठ संगीतकार शंकर थापा, धनु ग्याङमी र अर्जुन पोखरेलले सगीत दिएका छन् ।

यस्तै कुलकुल बोलको म्युजिक भिडियोमा नायिका बर्षा राउत र विनोद न्यौपानेले अभिनय गरेका छन् । कुलकुल म्युजिक भिडियोले दर्शकलाई नचाउने छ । सरकारी सेवामा रहेका शिवाकोटी कविता, गीत, गजल र मुक्तक लेखनमा सक्रिय छन् । एल्बम र म्युजिक भिडियो डस म्युजिकले बजारमा ल्याएको हो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको