Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेसम्मको अन्तिम मतपरिणाम घोषणा : एमाले पहिलो, कांग्रेस र माओवादी केन्द्र दोस्रो र तेस्रो स्थानमा

सोमबार, २६ असार २०७४, १६ : ४० मा प्रकाशित

अहिलेसम्मको अन्तिम मतपरिणाम घोषणा : एमाले पहिलो, कांग्रेस र माओवादी केन्द्र दोस्रो र तेस्रो स्थानमा

अर्थ संसार, काठमाडौँ– दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचनको धरान उपमहानगरपालिकाबाहेक सबै स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, हालसम्म ३४ जिल्लाका ३३३ स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । बीसवटा वडा भएको धरान उपमहानगरपालिका–११, १५, १६ र १७ को मतगणना भइरहेको जनाइएको छ ।

देशका १, ५ र ७ नम्बर प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो ।

पछिल्लो मतगणनाअनुसार, नेकपा एमाले १५०, नेपाली काँग्रेस १२२, नेकपा (माओवादी केन्द्र) ३८, संघीय समाजवादी फोरम आठ, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका ४ र राष्ट्रिय जनमोर्चाका दुईजना उम्मेदवार प्रमुख/अध्यक्ष पदमा विजयी भएका छन् ।

त्यस्तै, तीनजना स्वतन्त्र उम्मेदवार पनि प्रमुख/अध्यक्ष पदमा विजयी भएका आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित परिणाममध्ये प्रमुख÷अध्यक्षमा पदमा एमालेले सबैभन्दा धेरै अर्थात् ४५ प्रतिशत पदमा विजयी हासिल गरेको छ भने काँग्रेसले ३६.६ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन् ।

उपप्रमुख एवम् उपाध्यक्षमा एमालेका १७४, काँग्रेसका १०४, माओवादी केन्द्रका ३८, संघीय समाजवादी फोरम नेपालका सात, नेपाल लोकतान्त्रिक फोरमका ६, राष्ट्रिय जनमोर्चाका दुई, राप्रपाका दुईजना उम्मेदवार विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

दोस्रो चरणअन्तर्गत ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको