Like us!
Follow us!
Connect us!
Watch us!

पदार्थ विज्ञानसम्बन्धी अन्तराष्ट्रिय बैज्ञानिक सम्मेलन पोखरामा

शुक्रबार, १२ कार्तिक २०७३, १४ : ०९ मा प्रकाशित

पदार्थ विज्ञानसम्बन्धी अन्तराष्ट्रिय बैज्ञानिक सम्मेलन पोखरामा

अर्थ संसार 

काठमाडौं–काठमाडौं सिम्पोजिया अन एडभान्सड म्याटेरियल (कसाम् २०१६) नामक पदार्थ विज्ञान सम्बन्धि तेस्रो अन्तरराष्ट्रिय बैज्ञानिक सम्मेलन पोखरामा सम्पन्न भएको छ । विश्वका १६ देशका १८० भन्दा बढी वैज्ञानिकको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालको बिकास लागि बिज्ञान, प्रविधि र अन्वेशनसम्बन्धी बिशेष सत्रसमेत संचालन गरिएको सम्मेलन आयोजक सदस्य सन्तोष थापाले बताए । सम्मेलनमा रसायनशास्त्र, पदार्थ विज्ञान (म्याटेरियल साइन्स), पोलिमर, बायाोम्याटेरियल, न्यानोम्याटेरियल, न्यानोमेडिसिन तथा  अतिसूक्ष्म प्रविधि (न्यानो टेक्नोलोजी) को विज्ञानमा गरिने अत्याधुनिक प्रयोगसम्बधी झन्डै १४० भन्दा धेरै अनुसन्धानात्मक कार्यपत्रमाथि छलफल भएको थियो ।  

उक्त कार्यक्रममा फ्रान्सका वैज्ञानिक प्रा.डा. जमाक साइटर, जर्मन वैज्ञानिकहरु  प्रा.डा. बर्न्हाड ब्लुमिख्, प्रा.डा. माइकल हेस, डा. राल्फ लालगायतले महत्वपुर्ण कार्यपत्र प्रस्तुत गर्नुका साथै बिशेष अभिव्यक्ति दिएका थिए । स्थानीय युवा बैज्ञानिक एबम अनुसन्धानकर्ताहरुलाइ अन्तर्राष्ट्रिय विज्ञसंग प्रत्यक्ष्य कुराकानी गर्न तथा भविस्यमा सहकार्यको बातावरण बनाउनको लागि यो कार्यक्रम पोखरामा आयोजना गरिएको सम्मेलनका  संयोजक अधिकारीले बताए । 

सम्मेलनको पूर्वसन्ध्यामा युवाविद्यार्थी केन्द्रित  रसायनशास्त्र तथा रसायन प्रबिधिसम्बन्धि बिशेष कार्यशाला पोखरा बिश्वविध्यालयमा आयोजना गरिएको थियो । काठमाडौँ अटम स्कुल अन केमिस्ट्री एन्ड केमिकल टेक्नोलोजी (२०१६) नामक उक्त बिशेष कार्यशाला ‘नेपाल नो बोर्डर एडुकेशनल प्रोग्राम अप्लाइड टू साइन्स नामक नया सैक्षिक अभियानको रुपमा पोखरा, चितवन र बिराटनगरमा सम्पन्न भयो ।

तिन जना उत्कृष्ट शोधकार्य प्रस्तुत गर्ने विद्यार्थी युवा वैज्ञानिकहरु चेक गणतन्त्रका डा. राफाल पोरेवा, बंगलादेशका फर्दिहुसी वेगम र भारतका आजाद कुमारलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उक्त कार्यक्रममा नेपाली विद्यार्थी प्रमिला खड्का, अरुण आचार्य र राममिलन रानालाइ समेत पुरस्कृत गरिएको कार्यपत्र मूल्यांकन समितिका डा. नेत्रलाल भण्डारीले जानकारी दिए । 

नेपाल पोलिमर इन्स्टिच्यूटले आयोजना गरेको चार दिने सम्मेलनलाइ पोखरा विश्वविध्यालय, नेपाल बिज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान (नास्ट) र जर्मनीको इन्स्टिच्यूट अफ पोलिमर मेटेरियलले सहयोग गरेको सम्मेलनका सम्योजक एवं एनपिआइका अधक्ष्य तथा त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रिय विभागका प्रा.डा. रामेश्वर अधिकारीले जानकारी दिए । 

नास्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले उद्घाटन गरेको सम्मेलनको समापन समारोहको आतिथ्यता पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. विष्णुराज तिवारीले गरेका थिए । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. चिरञ्जीवी शर्माले कार्यक्रममा सम्बोधन गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको