Like us!
Follow us!
Connect us!
Watch us!

छक्का पन्जा २ को ‘ए दाजू नसमाउ’ बोलको गीत रिलिज (भिडियो सहित)

शुक्रबार, ०६ साउन २०७४, १९ : २४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  वर्ष २०७४ को प्रतिक्षित फिल्म ‘छक्का पन्जा २’ को पहिलो गीत रिलिज गरिएको छ ।

युट्युव मार्फत रिलिज गरिएको रोमान्टिक गीतमा स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, स्वरुप पुरुष ढकाल र केदार घिमिरेले अभिनय गरेका छन् । गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

अल्मोडा राणा उप्रेती र सुजता बर्माको आवाज रहेको गीतमा संगीत अल्मोडा र प्रिन्सले दिएका छन् । फिल्मका प्रस्तुतकर्ता तथा कलाकार दीपकराज गिरी र प्रिन्सले संयुक्त रुपमा मिलेर शब्द रचना गरेका छन् ।

असोज ११ देशव्यापी प्रदर्शन हुने चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । विकास राज आचार्य कार्यकारी निर्माता रहेको फिल्ममा लगानी दीपकराज गिरीको रहेको छ ।

आमा सरस्वती मूभिज प्रस्तुत चलचित्र ‘छक्का पन्जा २’ मा दीपकराज गिरी, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको