Like us!
Follow us!
Connect us!
Watch us!

तरकारी बोकेकी नेपाली युवती कुशुमको फोटो सामाजिक संजालमा भाइरल, भारतीय अधिकांश मिडियामा उनको समाचार

विहीबार, १८ कार्तिक २०७३, ०७ : ०२ मा प्रकाशित

तरकारी बोकेकी नेपाली युवती कुशुमको फोटो सामाजिक संजालमा भाइरल, भारतीय अधिकांश मिडियामा उनको समाचार

अर्थ संसार
काठमाडौं–सामाजिक सञ्जालले रातारात कसलाई सेलिब्रेटी बनाइ दिन्छ भन्ने पत्तै हुँदैन । नपत्याए धादिङकी गोर्खाको भूमिचोक गाविसको देवीस्थानकी कुशुम श्रेष्ठलाई हेर्नुस् ।

उनको फोटो फोटो ग्राफर रुपचन्द्र महर्जनले खिचेर फेसबुकमा पोस्ट गरेका थिए, सामाजिक सञ्जालमा भाइरल बन्यो । भारतका हरेकजसो ठूला मिडियाले उनका तस्बिरलाई समाचार बनाएका छन् । रुपचन्द्रले उनले तरकारी बोकेर चिनवन र गोर्खाबीचको फिसलिङस्थित झोलुंगे पुल तर्दै गरेको र बजारमा तरकारीको क्रेट बिसाएर फोनमा कुरा गर्दै गरेको दुई वटा तस्बिर खिचेर फेसबुकमा पोस्ट गरेका थिए । 
ती युवतीको तस्बिरलाई ह्यास ट्याग तरकारीवाली गरेर भारतीय मिडियाले समाचार बनाएका छन् । हिन्दी भाषाका अनलाइनले फोटोग्राफर महर्जनको थरलाई महाराजन लेखेका छन् । 
अनलाइन मिडियालाई समाचार बनाउन सामाजिक संजालमा ठूलो विषय चाहिँदैन । अहिले नेपाली युवतीको हकमा पनि यस्तै भएको छ । मिडियाले कुशुमको मेहनत र सुन्दरताको प्रशंका गरेका छन् ।
यसअघि पाकिस्तानका एक चिया पसले अरसद खानको तस्बिर यसैगरी भाइरल भएको थियो । उनको तस्बिर ह्यास ट्ययाग चायवालामा भाइरल भएको थियो । उनलाई युवतीहरुले सुपरमोडल भनेर फोटो पोस्ट गरिरहेका थिए । पछि उनलाई मोडलिङको अफर आएको थियो । धेरै टिभी सोमा उनलाई निम्ता दिइएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको