Like us!
Follow us!
Connect us!
Watch us!

कक्षा १२ को नतिजा सार्वजनिक, यहाँबाट हेर्नुहोस्

शुक्रबार, २० साउन २०७४, ११ : २३ मा प्रकाशित

कक्षा १२ को नतिजा सार्वजनिक, यहाँबाट हेर्नुहोस्

अर्थ संसार, काठमाडौं–आज राष्ट्रिय परीक्षा बोर्डले  विज्ञान समूहको नतिजा प्रकाशन गरेको छ । बोर्डको शुक्रबार बिहान बसेको बैठकले १२ को नतिजा प्रकाशन गरेको हो ।

परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ७९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गतवर्ष ७३.४४ प्रतिशत उत्तीर्ण भएका थिए ।

बैशाखमा सञ्चालित परीक्षामा ४४ हजार ८ सय ९७ जना सहभागी भएकोमध्ये ३५ हजार ६ सय ६८ विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा दिनेमध्ये १७ जनाको परीक्षा रद्द गरिएको उनले बताए ।
 
त्यस्तै आंशिकतर्फ ४३.५९ प्रतशित विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ९ हजार ४ सय ८९ जना सहभागी भएकोमा ४ हजार १ सय ३७ जना उत्तीर्ण भएका छन् । ३ जनाको परीक्षा रद्द गरिएको बतासले बताए ।

उक्त परीक्षाको परीक्षाफल educationkhabar.com र www.tu.ntc.net.np मा पनि हेर्न सकिनेछ । यसलाई नेपाल टेलिकम को १६०२ मा डायल गरी वा ४९४९ मा SMs गरेर पनि थाहा पाउन सकिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको