Like us!
Follow us!
Connect us!
Watch us!

किन घट्यो दिनार, रिंगिट, दिरामको मूल्य

शुक्रबार, २० साउन २०७४, १२ : २६ मा प्रकाशित

किन घट्यो दिनार, रिंगिट, दिरामको मूल्य

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८८ पैसा र विक्रिदर २८ रुपैयाँ ०५ पैसा छ ।युएई दिराम एकको खरिददर २७ रुपैयाँ ६५ पैसा र विक्रिदर २७ रुपैयाँ ८१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ७३ पैसा  र विक्रिदर २३ रुपैयाँ ८७ पैसा रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०१ पैसा र विक्रिदर ९ रुपैयाँ ०७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३६ रुपैयाँ ४५ पैसा छ भने विक्रिदर ३ सय ३८ रुपैयाँ ४४ पैसा रहेको छ ।
 
एक बहराइन दिनारको खरिददर २ सय ६९ रुपैयाँ १९ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ७८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन । यसबाट ती मुलुकमा कार्यरत नेपाली नागरिकले पठाउने विप्रेषणमा भने समस्या पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको