Like us!
Follow us!
Connect us!
Watch us!

सरोज ओली र इंदिरा जोशीको ‘आई लभ यु’ ले काट्यो करोडको केक

आइतबार, २२ साउन २०७४, १२ : २६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– डेढ बर्ष अघि सार्वजनिक भएको सरोज ओली र इन्दिरा जोशीको स्वरमा रहेको ‘आई लभ यु’ बोलको गीतले युट्युबमा एक करोड भ्यु पुगको छ । यसै अवसरमा राजधानीमा एक कार्यक्रमको आयोजना गरी केक काटिएको छ ।

बसन्त सापकोटाको संगीत तथा दिनेश थपलियाको संगीतमा रहेको गीतमा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) र पल शाहलाई फिचरिङ गरिएको छ । यो समाचार तयार पार्दासम्म भिडियोलाई १ करोड ३९ हजार भन्दा बढि पटक हेरिसकिएको छ ।

कलाकार तथा सञ्चारकर्मीको उपस्थितीमा भएको कार्यक्रममा कलाकारहरुले एक करोड भ्यु पुगेको अवसरमा शुभकामना दिएका छन् । एक करोड भ्यु पुगेको केक काट्दै गायक सरोज ओलीले आफ्नो गीतलाई एक करोड भ्यु पुर्याउने सबै सञ्चारकर्मी तथा सम्पूर्ण दर्शकहरुलाई धन्यवाद दिएका छन् ।

यस्तै ओलीले गीतले अहिलेसम्म यो गीतबाट ९ लाख भन्दा बढिको कमाई भएको समेत बताएका छन् । कार्यक्रममा गीतसँग सम्बन्धित कलाकार तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सरोज ओलीको दोश्रो गीतको बारेमा पनि चर्चा गरिएको थियो । सरोज ओलीको स्वरमा रहेको ‘आई लभ यु २’ अहिले नेपालको ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको