Like us!
Follow us!
Connect us!
Watch us!

प्रेम र विवाहमा युवाको धारणा

आइतबार, २२ साउन २०७४, १३ : १७ मा प्रकाशित

प्रेम र विवाहमा युवाको धारणा

  • दिपेश घिमिरे

काठमाडौ थलिकी सुनम सिम्खडा उमेरले २३ वर्ष पुगिन । नर्भिक इन्सिच्युट अफ नर्सिङ एजुकेशन विएन अन्तिम वर्ष अध्यनरत सिम्खडा अहिलेसम्म अविवाहित छिन् ।

उनले अहिले विवाह र प्रेमको बारेमा सोचेकी छैनन् । उनको विचारमा पढाइ सकेर आफ्नो खुट्टामा उभिएर मात्र प्रेम र विवाहको बारेमा सोच्ने बताईन । प्रेम विवाह र मागी विवाहको बारेमा उनले

भनिन– ‘आफ्नो–आफ्नो ठाउँमा दुवै  ठिक छ, यो नै मन पर्छ भन्ने छैन । ’यसैगरी दोलखा मेलुङ्गका नवराज भण्डारी भने प्रेम विवाहमा विश्वास गर्दछन् । उमेरले २० पुगेका भण्डारी पशुपति क्याम्पस  चावहिलमा स्नातक तेस्रो वर्ष अध्ययनरत छन ।

अहिले पढाइमा ध्यान केन्द्रित गर्दै आए आएका भण्डारी प्रेमका बारेमा सोच्ने बेला नभएको बताउँछन् । प्रेम गर्दा एक अर्कालाई राम्रोसँग बुझ्न सजिलो हुने भण्डारीको तर्क छ । भण्डारी जस्तै पुकार दाहाल पनि प्रेम विवाहमा विश्वास गर्छन् ।

निजामति सेवामा कार्यरत दाहाल अहिले उमेरले २४ पुगे । विवाह गर्ने उमेर नजिकिदै जाँदा दाहालले घरबाट विवाह गर्ने चर्काे दवाव खेपिरहेका छन् । उनको विचारमा विवाह गर्दा प्रेम विवाह र मागी विवाह दुवै उचित हुने भएतापनि प्रेम विवाह बढी प्रभावकारी हुने उनको विचार छ ।

उनी भन्छन्–‘ मागि विवाहमा परिवार खुसी हुन्छन् भने प्रेम विवाहमा स्वयम् खुसी भइन्छ ।’  यसै गरी खोटाङ  घरभई इटहरीको जनता क्याम्पसमा स्नातक अध्यायनरत युवा राज घिमिरे उमेरले २४ वर्ष पुगे ।

उनी केही महिना अघि मात्र विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रेम विवा गरेतापनि उनलाई मागि विवाह नै मन पर्छ । प्रेम विवाहमा बढी वादविवाद हुने र सम्बन्धमा विछोडको अवस्था आउने उनको भनाई छ ।

अरु युवाको जस्तै गोकर्णकी १९ वर्षिय प्रमिला पौडेले पनि प्रेम विवाहलाई बढी प्राथामिकता दिन्छन् । प्रेम विवाहमा  एक अर्कालाई राम्रोसँग चिन्न सकिन्छ, एक अर्काको इच्छा र चाहाना विवाह पहिलैनै थाहा हुन्छ, घर परिवारका सदस्यसँग पहिलेनै चिनजान हुने भएकाले विवाह पछि व्यवहार गर्न सहज हुने पौडेको तर्क छ ।

प्रशिक्षार्थी

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको