अर्थ संसार, काठमाडौँ, नेपाल स्टक एक्चेन्जमा नेप्सेमा एकैदिन दुई कम्पनीको दुई करोड २७ लाख ४६ हजार कित्ता सेयर सूचिकृत भएको छ ।
आज मात्रै जनता बैंक नेपालको साधारण सेयर र जनउत्थान सामूदायिक लघुवित्त विकास बैंकको बोनस सेयर गरी ती सेयर सूचिकृत भएको हो ।
बजारमा जनता बैंक नेपालको २ करोड २७ लाख ६ हजार ६८१ कित्ता साधारण सेयर सूचिकृत भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्ति पछि जनता बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो ।
त्यस्तै, जनउत्थान सामुदायिक विकास बैंकको ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस