Like us!
Follow us!
Connect us!
Watch us!

यसरी सफल भए कुलमान : प्राधिकरणको आम्दानी १५ अर्ब बढी

मंगलबार, ३१ साउन २०७४, १२ : ५८ मा प्रकाशित

यसरी सफल भए कुलमान :  प्राधिकरणको आम्दानी १५ अर्ब बढी


अर्थ संसार, काठमाडौँ–  नेपाल विद्युत प्राधिकरणको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०७३÷७४ मा रु १५ अर्ब बढेको छ । यो कूल आम्दानीको ३० प्रतिशत बढी हो ।

प्राधिकरणले गत आवमा रु ५० अर्ब २० करोड आम्दानी गरेको छ । अघिल्लो आव २०७२/७२मा आम्दानी करिब ३५ अर्ब रुपैयाँमात्र थियो ।

व्यवस्थापनमा आएको सुधार, विद्युत चुहावटमा कमी, उत्पादनमा वृद्धिलगायत कारणले आम्दानी बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

गत वर्ष प्राधिकरणले औसत रु ९.८५ मा विद्युत बिक्री गरेको थियो । यही आधारमा विद्युत बिक्रीबाट रु ४६ अर्ब १४ करोड आम्दानी गरेको छ । अघिल्लो आवमा विद्युतबाट करिब रु ३२ अर्ब कमाएको थियो ।

बैंकको ब्याज, विभिन्न कम्पनीमा गरेको लगानीबाट प्राप्त मुनाफालगायत क्षेत्रबाट रु ४ अर्ब ८ करोड आम्दानी भएको छ ।

यस्तो आम्दानी अघिल्लो आवमा रु ३ अर्ब २४ करोड थियो । गत आवमा प्राधिकरणको सञ्चालन खर्च रु ४५ अर्ब ५७ करोड पुगेको छ ।

यो पनि पढ्नुहोस्

सरकारी जागिर खाने हो ? प्रहरी प्रधान कार्यालले माग्यो ११७२ जना कर्मचारी (विज्ञापनसहित)

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले माग्यो ११०१ जना इन्जिनियर (विज्ञापनसहित)

प्राविधिकलाई स्थाीय रोजगारीको अवसर, प्रहरी प्रधान कार्यालयले माग्यो ९८ जना प्राविधिक (विज्ञापनसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको