Like us!
Follow us!
Connect us!
Watch us!

परिक्षा सार्न शिक्षा मन्त्रालयको अनुरोध

मंगलबार, ३१ साउन २०७४, १४ : ४५ मा प्रकाशित

परिक्षा सार्न शिक्षा मन्त्रालयको अनुरोध

अर्थ संसार, काठमाडौं– अस्थायी शिक्षकहरुको खुला प्रतियोगितात्मक लिखित परीक्षा केहि दिन पर सार्न शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगलाई अनुरोध गरेको छ ।

अस्थायी शिक्षकहरुले राख्दै आएका मागहरु पुरा गर्न केहि समय लाग्ने भएकाले मन्त्रालयले भदौ ३ गतेलाई निर्धारण गरीयको परीक्षा सार्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ, शिक्षा विभागका महानिर्देशन वावुराम पौडेल, र मन्त्रालयकै सहसचिव हरी लम्सालले आयोगका अदक्ष ताना गौतमलाई भेटेर परीक्षा सार्न अनुरोध गरेका थिए ।

शिक्षा मन्त्रिको अनुमति लिएर गौतमलाई भेट्न गएका मन्त्रालयका सचिवले अनसनरत शिक्षकका जिवन रक्षाका लागि भएपनि परिक्षा सार्न अनुरोध गरेका थिए ।

अस्थायी शिक्षकहरु गत साउन १८ गते देखि अनसनमा वस्दै आएका छन् । उनीहरुले आफुहरुको माग पहिला पनि सम्झौता भएको र उक्त सम्झौता पुरा नभई परीक्षा नदिने भन्दै परीक्षा सार्न माग राख्दै आएका थिए । उनीहरु असार ९ गते सम्झौता भएको माग पुरा नभएपछी दोस्रो पटक अनसनमा बसेका छन् ।

आयोगका अदक्षले पटक पटक परिक्षा सार्दा आयोगको विश्वसनियता माथि प्रश्न उठ्ने भन्दै परिक्षा सार्न कठिन हुने बताएका छन् । यस अघि असार २४ गतेलाई निर्धारण गरिएको परिक्षा स्थानिय चुनावको कारण भदौ ३ गतेलाई सारिएको थियो । यसपटक परिक्षाको सबै तयारि भैसकेकोले परिक्षा सार्न कठिन हुने आयोगका सदस्यले जनाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको