Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुलीगढी साइकल यात्रीलाई भव्य स्वागत (फोटो फिचर)

बुधबार, २४ कार्तिक २०७३, १७ : ५१ मा प्रकाशित

सिन्धुलीगढी साइकल यात्रीलाई भव्य स्वागत (फोटो फिचर)

अर्थ संसार

काठमाडौं – काठमाडौंबाट सिन्धुलीगढीसम्म सुरु भएको साइकल यात्रीलाई विचबाटोमा स्थानीयवासी, विभिन्न संघसंस्था र विद्यालयलगायतले भव्य स्वागत गरेका छन् । साईकल यात्रीलाई भक्तपुर, काभ्रेका बनेपा, धुलिखेल, मंगलटार, सिन्धुलीको दुम्जा, झागाझोली रातमाटा, चैनपुर, खुर्कोट र सिन्धुलीगढीमा  भव्य स्वागत भएको थियो । 

 अंग्रेजी सेनालाई तत्कालीन गोर्खाली सेनाले धुलो चटाएको सम्झनामा ऐतिहासिक सिन्धुलीगढीसम्म मंगलबार साइकल यात्रा आयोजना गरिएको हो । यात्रामा ८० जना ब्यवसायिक साइकल यात्री सहभागी थिए । यात्रा काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डबाट सुरु भएको थियो।
समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसँगको सहकार्यमा काठमाडौंबाट साइकल यात्रा आयोजना गरेको हो । ‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकल यात्रा कात्तिक २३ र २४ गते काठमाडौं–धुलिखेलहुँदै जाने रमणीय वीपी राजमार्गमा भएको थियो । 
सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । त्यहाँ हरेक बर्षको कात्तिक २४ गते तत्कालीन गोर्खाली सेनाले विजय हासिल गरेको सम्झनामा विजयोत्सव मनाउने गरिएको छ । 
 अहिले साइकल यात्री सिन्धुलीगढी पुगेर वियोत्सवमा सहभागी भएका थिए । 

5823138b16aae.jpg 5823138b21b2c.jpg 5823138b5f3aa.jpg 5823138b67e52.jpg 5823138b9a0eb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको