Like us!
Follow us!
Connect us!
Watch us!

कुन लघुवित्तको कति लाभांश ? नागबेलीको सबैभन्दा धेरै, आइएलएफसिओको थोरै

विहीबार, २५ कार्तिक २०७३, १२ : ४६ मा प्रकाशित

कुन लघुवित्तको कति लाभांश ? नागबेलीको सबैभन्दा धेरै, आइएलएफसिओको थोरै

अर्थ संसार
काठमाडौं–बजारमा माइक्रोफाइनान्सको सेयरमा लगानीकर्ताको आकर्षण निकै देखिएको छ । जस्तै सुकै माइक्रोफाइनान्सको सेयर मूल्य १ हजार रुपैयाँभन्दा माथि छ । माइक्रोफाइनान्सले दिएको लाभांशलाई हेर्दा यसको मूल्यको तालमेल खासै मिलेको देखिँदैन । 

अहिलेसम्म १५ वटा माइक्रोफाइनान्सले लाभांश घोषणा गरेका छन् । तीमध्ये सबैभन्दा बढी लाभांश नागबेली लघुवित्तको छ । यस कम्पनीले सेयरधनीलाई ६० प्रतिशत बोसन सेयर र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यस कम्पनीको सेयर मूल्य भने ४ हजार ८ सय रुपैयाँको हाराहारीमा छ । 
यतिकै मूल्य रहेको एनएमबी माइक्रोफाइनान्सले जम्मा २६ प्रतिशत लाभांश दिएको छ । यसमा २५ प्रतिशत बोनस सेयर छ । सबैभन्दा थोरै लाभांश दिनेमा आइएलएफसिओ माइक्रोफानान्स छ । यस कम्पनीले ५ प्रतिशत मात्रै बोनस सेयर दिने प्रस्ताव गरेको छ । 

औसत मूल्य रहेका केही कम्पनीले भने लगानीकर्तालाई राम्रै प्रतिफल दिने प्रस्ताव गरेका छन् । किसान माइक्रोफाइनान्सले ६४ प्रतिशत, मिरमिरे माइक्रोफाइनान्सले ५२ प्रतिशत, छिमेक लघुवित्त विकास बैंकले ५२ प्रतिशत र स्वावलम्बन लघुवित्त विकास बैंकले ५३ प्रतिशत लाभांश घोषणा गरेर लगानीकर्तालाई उत्साहित बनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको