Like us!
Follow us!
Connect us!
Watch us!

कोका–कोला जिरो नेपालमा

विहीबार, २५ कार्तिक २०७३, १४ : ४९ मा प्रकाशित

कोका–कोला जिरो नेपालमा

अर्थ संसार
काठमाडौ– कोका–कोला कम्पनीले कोक जिरो नेपाली बजारमा ल्याएको छ ।  कोका–कोला जिरो विश्वका १ सय ५० भन्दा बढी देशहरुमा उपलब्ध हुँदै आएको छ । यसकोे उपलब्धताले  नेपालमा विद्यमान ब्राण्डहरु कोक, स्प्राईट, फ्यान्टा, माज्जा, स्वेप्स, किन्ले र मिनेट मेड जुसहरुमा थप सशक्तता प्रदान गर्ने कम्पनीले जनाएको छ  ।

‘कोक जिरोको विशिष्टता भनेको सुगररहित भएर पनि यसको स्वाद कोका–कोलाको जस्तै हुनु हो’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कोक जिरो नेपालका १५ वटा प्रमुख शहरहरुमा रहेका विभिन्न परम्परागत पसल, आधुनिक ब्यापारिक  केन्द्र र कोका–कोलासंग आबद्ध बिशेष स्थानहरुबाट विक्री वितरण गरिने कम्पनीले जनाएको छ ।

कोका–कोला जिरोका उत्पादन २० विलियन डलर आम्दानी भएको कोका–कोला कम्पनीको विलियन डलर क्लवमा सबैभन्दा छिटो समावेश हुने ब्राण्ड भएको उसको दावी छ  ।कोक जिरो सार्बजनिक कार्यक्रममा नायिका  प्रियंका कार्की, गायक सबिन राई र गायिका इन्दिरा जोशीले यसको स्वाद लिए ।

कोक जिरो सार्वजनिक कार्यक्रममा बिआइजीका क्षेत्रिय निर्देशक टि. कृष्णकुमारले  भने, ‘हामी नेपालमा भएको हाम्रो व्यवसायको दिर्घकालीन भविष्यका लागि निकै आशावादी छौं । नेपालले सार्क राष्ट्र भित्रको रणनितीक स्थान ओगटेको छ भने हाम्रो  प्रमुख बढ्दो बजार पनि हो । कोका–कोला जिरो विभिन्न बजारहरुमा उपभोक्ताहरुको पहिलो छनौट हुँदै आएको छ ।’

कोक जिरो तिन किसिमको प्याकहरुमा उपलब्ध हुनेछ । तिनमा ६५ रुपैयाँ पर्ने ५०० मिलिको पेट बोटल, ७५ रुपैयाँ पर्ने ३०० मिलि क्यान र ४५ रुपैयाँ पर्ने १८० मिलिको क्यान छन् । कोका–कोेला इन्डियाका अध्यक्ष वेङ्कटेश किनिले ग्राहकको छनौटहरु लगातार परिवर्तन भैरहेको बताउँदै त्यसैले विश्व प्रसिद्ध पेय पदार्थ ब्राण्डहरु पोर्टफोलियोमा कोक जिरो थप हुनु निकै महत्वपूर्ण भएको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको