Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग वणिज्य महासंघका झगडिया एकै कम्पनीमा, यस्ता छन् नयाँ बिमा कम्पनीका सञ्चालक

शुक्रबार, ०९ भदौ २०७४, १३ : ०२ मा प्रकाशित

उद्योग वणिज्य महासंघका झगडिया एकै कम्पनीमा, यस्ता छन् नयाँ बिमा कम्पनीका सञ्चालक

अर्थ संसार, काठमाडौँ– सरकारले पछिल्लो पटक अनुमति दिएका बिमा कम्पनीमा उही पूराना व्यापारी तथा लगानीकर्ता नै हावी देखिएका छन् ।

अनुमति पाएका र पाइपलाइनमा रहेका गरी १० जीवन बिमा कम्पनीमा पुरानै व्यापारी, उद्यमी र बैंकर्सको मोह देखिएको पाइएको हो ।  

नयाँ बिमा कम्पनीमा लगानी गर्नेमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपजंग पाण्डे, पशुपति मुरारका समेत लगानीकर्ताका रुपमा देखिएका छन् ।

उद्योग वणिज्य महासंघमा पदिय रुपमा झगडा गरेकाहरु नै एउटै कम्पनीमा काम गर्न राजाी भएका छन् ।
सिटिजन लाइफ इन्सुरेन्समा पाण्डे र मुरारका नै लगानीकर्ताको रुपमा देखिएका छन् ।

यस्तै व्यवसायी मनोज केडिया, चन्द्र ढकाल, उमेशलाल श्रेष्ठलगायत केही पनि बिमा कम्पनीका संस्थापक बनेका छन् । तत्कालीन ग्राण्ड बैंकका कार्यकारी प्रमुख रहेका सुधीरबाबु खत्री सिटिजन्स लाइफ इन्सुरेन्सको संस्थापकको रुपमा फेरि आउने तयारी गरेको छन् ।

ग्राण्ड बैंकमा रहँदा खत्रीको कार्यशैली राम्रो नभएको र ग्राहकसँग अनुचित लाभ लिएर वित्तिय कारोबार गरेको भन्दै कारवाहीको भागिदार समेत भइएका खत्री पुनः बिमा कम्पनीको लगानीकर्ताको रुपमा देखिन लागेका छन् ।

अनाधिकृत काम गरेको  दोषी ठहरिने डरले राजीनामा दिएर अमेरिकातिर लागेका खत्री सिटिजन्स लाइफ इन्सुरेन्समा संस्थापक बनेर आउने भएका छन् । बिमा समितिले भने खत्रीको मुद्दा फछ्र्यौट भइसकेको जानकारी दिएको छ ।
यस्तै सानिमा लाइफ इन्सुरेन्समा सांसद वीरेन्द्र महतोको लगानी छ ।

हाल ६ वटा जीवन बिमा कम्पनीलाई बिमा समितिले सञ्चालनको अनुमति दिइसकेको छ भने ४ वटा सञ्चालनका लागि तम्तयारी हालतमा रहेको छ । नयाँ १० जीवन बिमा कम्पनीलाई ९० दिनभित्र चुक्ता पुँजीको विवरण पेस गर्न बिमा समितिले दिएको सयमसीमा सकिनै लागेको छ ।

तीन महिनाको समय सकिन अब एक हप्ता पनि बाँकी छैन् । यो अवधिमा ६ वटा जीवन बिमा कम्पनीले बिमा समितिलाई पेस गरेको चुक्ता पुँजी विवरण समितिलाई चित्त बुझेकाले यी कम्पनीले सञ्चालनको अन्तिम अनुमति समेत पाइसकेका छन् ।

गत जेठ ७ गते  बिमा समितिले पुँजी योजना पेस गर्न निर्देशन दिएको थियो । हालसम्म आइएमई लाइफ इन्सुरेन्स, ज्योति लाइफ इन्सुरेन्स, युनियन लाइफ इन्सुरेन्स, रिलायबल नेपाल लाइफ, रिलायन्स लाइफ र सन नेपाल लाइफले अनुमति लाइसेन्स पाएका छन् । आइएमई लाइफ इन्सुरेन्सले त भदौ १ गतेबाटै कारोबार समेत सुरु गरिसकेको छ ।

चुक्ता पुँजी पेस गरेपछि सञ्चालन अनुमति पाएका अरु ५ बिमा कम्पनीले बिमा समितिले दिएको ७ वटा शर्त पूरा गरेपछि मात्र कारोबार सञ्चालन गर्न सक्ने बिमा समितिले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको