Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरलाई सेबोनको अन्तिम स्विकृती

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, १७ : ०१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरलाई सेबोनको अन्तिम स्विकृती

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडबीच मर्जरको लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले अन्तिम स्विकृती प्रदान गरेकाे छ । दुवै बैंकको मर्जरलाई राष्ट्र बैंकले यसअघि नै अन्तिम स्विकृती दिइसकेको छ ।

दुवै बैंककाे मंसिर १३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकबाट नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (Merger) प्रकृयाको क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत गरेकाे छ ।

दुवै बैंकबीच जेठ २७ गते, शुक्रबार मर्जर सम्झाैता भएकाे थियाे । यी बैंक १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको हाे । मर्जर पछि बैंकको नाम “ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा  पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा  ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । 

हाल मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ।  मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ। 

सूचना हेर्नुहाेस् :

 

63b40fc3e8e4a.jpg 63b40fcf85d53.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको