Like us!
Follow us!
Connect us!
Watch us!

एनसेललाई टेलिकम कम्पनी अफ द इयर अवार्ड

शुक्रबार, २६ कार्तिक २०७३, ०९ : ५५ मा प्रकाशित

एनसेललाई टेलिकम कम्पनी अफ द इयर अवार्ड

अर्थ संसार
काठमाडौं– मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले यस वर्षको उत्कृष्ट दुरसञ्चार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्ड पाएको छ । अन्तर्राष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले काठमाडौंमा आयोजना गरेको ‘२०१६ नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस्’ को समारोहमा बुधबार एनसेललाई अवार्ड प्रदान गरिएको हो ।  नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस् विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका कम्पनीहरुलाई प्रदान गरिन्छ । 

उक्त अवार्ड गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सलाई हस्तान्तरण गरे ।

‘ग्राहकमा ध्यान केन्द्रित गर्दै उनीहरुको विविध संचार सेवाको आवश्यकतालाई परिपुर्ति गर्ने हाम्रो प्रयासले फेरी एक पटक सम्मान पाएकोमा हामी हषिर्त छौं । यो अवार्ड एनसेलको उदाहरणीय विकास र उत्कृष्ट कार्यसम्पादनको प्रमाण हो,’ पर्किन्सले भने ।

कम्पनीहरुको वास्तविक बजार सम्पादन सूचकहरु, समग्र विकास, नविनता र नेपाली अर्थतन्त्रमा पुर्याइको योगदान लगायतका आधारमा कडा मापदण्ड भित्र रहेर अवार्ड पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको थियो ।

सन् २०१६ मा एनसेलले पाएको यो तेस्रो पुरस्कार हो । गत फेबु्रअरीमा एनसेलले मोबाईल इन एमर्जन्सी एण्ड हृयुम्यानिटेरियन सिचुयसन्स् विधा अन्तर्गत जिएसएम एसोसिएसनले प्रदान गरेको ग्लोबल मोबाईल अवार्ड र गत महिना सिङ्गापुरमा फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ सम्मान पनि पाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको