Like us!
Follow us!
Connect us!
Watch us!

स्टक क्लियरेन्स मेला बुधबारबाट

सोमबार, १९ भदौ २०७४, १५ : २० मा प्रकाशित

स्टक क्लियरेन्स मेला बुधबारबाट

अर्थ संसार, काठमाडौं–  नजिकिदै गरेको नेपालीको महान चार्ड वडा दशैको अवसर पारेर बुधबारबाट भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला हुने भएको छ ।

‘दशैंको बेला, सस्तो मेला’ को नारासहित इभेन्ट सोलुसनले मेला गर्न लागेको हो । भाद्र २१ गतेदेखि २६ गतेसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आवश्यक  सामग्रीहरुको कारोबार गरिनेछ ।

मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम एफिलियन्सका स्टलहरु रहने छन् । एक सय भन्दा धेरै स्टलहरु रहेको यो मेलामा सहभागि सबै एक्जीबिटर ब्रिफिङ गरिसकिएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए ।

 इभेन्ट सोलुसनका संयोजक जोशीले दशैंका लागि आवश्यक पर्ने सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकैठाउँबाट बिशेष छुटमा पाइने बताए ।

६ दिन सम्म चल्ने यो मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने अनुमान गरिएको संयोक जोशीले बताए ।  मेला अबधीभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको