Like us!
Follow us!
Connect us!
Watch us!

इन्भेष्टमेण्ट बैंकले गलत सूचना दिँदा लगानीकर्ता मारमा

बुधबार, २१ भदौ २०७४, १३ : ४७ मा प्रकाशित

इन्भेष्टमेण्ट बैंकले गलत सूचना दिँदा लगानीकर्ता मारमा

अर्थ संसार, काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले गलत सूचना सार्वजनीक गर्दा बैंकका ग्राहक तथा सेयरधनी मर्कामा परेका छन् ।

आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भन्दै सार्वजनिक गरिएको तथ्य नै गलत भएपछि सरोकारवाला मर्कामा परेका हुन् ।

गलत सूचना बजारमा भाइरल भएपछि बैंकले आज एक विज्ञप्ती प्रकाशित गरी आफ्नो कमजोरी सच्चएको हो । बैंकका तर्फ कम्पनी सचिव सुधिरमान श्रेष्ठले विज्ञप्ती प्रकाशित गरी टाइपको क्रममा गल्ती भएकाले विगतमा प्रकाशित तथ्याङ्क गलत भएको दावी गरेका छन् ।

इन्भेष्टमेण्ट बैंकले २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश  दिने भयो भन्दै खुसी भएका सेयरधनी आज सच्चिएर सूचना प्रकाशित भएपछि निराश भएका छन् ।

बैंकले १५ प्रतिशत बोनस सेयर २५ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको निर्णय टाइपका क्रममा गल्ती भएको समेत स्वीकार गरेको छ ।

59afb08d10aeb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको