Like us!
Follow us!
Connect us!
Watch us!

खानेपानी योजना निर्माणको लागि जंगलमै बास

विहीबार, २२ भदौ २०७४, ०८ : ५३ मा प्रकाशित

खानेपानी योजना निर्माणको लागि जंगलमै बास

अर्थ संसार, गजुरी– गजुरी गाउँपालिका वडा नम्वर ५ को मानेभञ्ज्याङ चिसापानी गाउँमा खानेपानी समस्या समाधानका लागि स्थानीय समुदाय सक्रिय भएका छन् ।

गाउँमा लामो समयदेखि विद्यमान खानेपानी समस्या समाधानका लागि गाउँका १ सय ५० जना स्थानीयबासी रातदिन सक्रिय भएका छन् ।

सो गाउँमा पानी ल्याउनको लागि सोही गाउँपालिका वडा नम्वर ४ को गैरीगाउँ देखि मानमेभञ्ज्याङसम्मको ९ किलोमिटर दुरीमा पाइपलाइन खन्ने कार्यका लागि बनमै बास बसेर रातदिन काम गरिरहेका छन् ।

मानेभञ्ज्याङ गाउँमा रहेका १ सय ४० घरधुरी स्थानीय अहिले अहोरात्र खटिएर गाउँमा पानी ल्याउने काममा लागिपरेका छन् । सो कार्यका लागि गजुरी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष रामचन्द्र मिजारको अगुवाईमा भदौं १८ गतेदेखि नियमित रुपमा काम श्रमदान भइरहेको छ ।

वडा नम्वर ४ को गैरीगाउँदेखि पाइप लाइन खन्ने काम अन्तर्गत अहिले च्याङ्लीगाउँसम्म १ मिटर गहिरो पाइपलाइन खन्ने काम सम्पन्न भएको छ ।

यसैविच गाउँमा विद्यमान खानेपानी समस्या समाधानका लागि समुदायमा विकासको काम गर्दै आइरहेको प्रयास नेपाल धादिङले युनाईटेड मिसन टु नेपाल धा

सहयोग अन्तर्गत समुदायमा १४ वटा धारा, पाईप, खानेपानी मुहानको रिजरभर ट्याङ्की तथा पानी संकलन गर्ने ट्याङ्की निर्माणको साथमा अन्य विभिन्न प्राविधिक काममा सहयोग गर्ने प्रयास नेपालका अध्यक्ष सविता अर्यालले बताउनुभयो ।

गाउँमा विद्यमान खानेपानी समस्या समाधानका लागि स्थानीयबासी उत्साहित भएर अहिले खानेपानीको निर्माणको लागि अहोरात्र खटिएका गजुरी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष रामचन्द्र मिजारले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको