Like us!
Follow us!
Connect us!
Watch us!

१० बिमा कम्पनी थपिए पनि दक्ष जनशक्ति प्रशस्तै

शुक्रबार, २३ भदौ २०७४, ०५ : ५१ मा प्रकाशित

१० बिमा कम्पनी थपिए पनि दक्ष जनशक्ति प्रशस्तै

मुलुकको बिमा बजारमा १० बटा नयाँँ जीवन बिमा कम्पनी थपिएका छन । १७ वटा कम्पनीले सञ्चालन अनुमति माग्दै बिमा समितिमा आवेदन दिएका थिए ।

जीवन बिमा कम्पनी १२ र निर्जीवन बिमा कम्पनी ५ गरी जम्मा १७ कम्पनीको निबेदन परेकोमा तीमध्ये ९ जीवन बिमा कम्पनीले बिमा समितिबाट बिमकको प्रमाण पत्र पार्इ कार्य सञ्चालनको अन्तिम तयारीमा रहेका छन भने महालक्ष्मी लाईफ इन्स्योरेन्स प्राबिधिक कारणले  केहि दिन ढिला भएपनि केही दिनपछि सञ्चालनमा आउँदै छ ।

लामो समयपछि   बजारमा १० नयाँ बिमा कम्पनीहरु थपिएका छन । यस अघि  ९ वटा जीवन बिमा र १७ वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा रहेकोमा १० बटा थप जीवन बिमा समेत गरि १९ बटा जीवन बिमा कम्पनी  हुनेछ । एकै पटक यति धेरै बिमा कम्पनी बजारमा आउँदा पनि दक्ष जनशक्तिको अभाब भने देखिएको छैन ।

 सबै बिमा कम्पनीको प्रकृती एउटै किसिमको हुने हुँदा पुरानो कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको रोजाइमा नयाँ कम्पनी आउने देखिन्छ भने पुरानो कम्पनी पनि आफ्ना कर्मचारी रोक्न आकर्षक  तलबभत्ता र पदोन्न्ति गर्ने रणनीति बनाएको देखिन्छ । बिमा कम्पनीमा अभिकर्ता भइ राम्रो अनुभव बटुलेका ब्यक्तीहरु पनि नयाँ कम्पनीको रोजाइमा परेको देखिन्छ ।

 यस्तै बजारको अवस्था अध्ययन गरी नयाँ थप कम्पनी आबश्क भए, नभएको अध्यन गर्न ३ सदस्यीय समिती समेत गठन भएको छ । समितिको प्रतिवेदनअनुसार अरु बिमा कम्पनी समेत आउन सक्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको