Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसीले चुक्ता पुँजी पुर्याउन ५० प्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा सनराईज क्यापिटल नियुक्त

शुक्रबार, २३ भदौ २०७४, ०८ : ५१ मा प्रकाशित

एनसीसीले चुक्ता पुँजी पुर्याउन ५० प्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा सनराईज क्यापिटल नियुक्त

अर्थ संसार, काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक एनसीसीले आफ्ना लगानीकर्तालाई ५० प्रतिशत हकप्रद दिने भएको छ । भदौ १६ गते सम्पन्न उन्नाईसौं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम ५० प्रतिशत हकप्रद जारी गर्ने भएको हो । हकप्रद विक्रकिो लागि  सनरार्इज क्यापिटललाई विक्री प्रबन्धक नियुक्ति गरेको छ ।

एनसीसीले हाल कायम रहेका सेयरधनीहरुकोे लागि २ कित्ता सेयर बराबर १ कित्ता सेयर अनुपातले हुने दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्काशन गर्नका लागि सनरार्इज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

हकप्रद सेयर निष्काशन सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

 हकप्रद सेयर निष्काशन पश्चात बैंकको चुक्ता ७ अर्ब एक करोड ८५ लाख ८७ हजार ३०० रुपैयाँ कायम हुनेछ ।

हकप्रद शेयर जारी पश्चात कायम हुने चुक्ता पूँजीमा बैंकसँग गाभिएका चारवटा विकास बैंकहरुको सेयर आदान प्रदान अनुपातका आधारमा फरक भए बमोजिमको पूँजी कोषमा लेखाङ्कन गरिएको रकम ९८ करोड ६० लाखलाई पूँजीकृत गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्ब पुग्ने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको