Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती गर्ने

शनिबार, २४ भदौ २०७४, १० : ४४ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती गर्ने

अर्थ संसार, काठमाडौं–सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेड र सेती फाइनान्स लिमिटेडलाई प्राप्ती गर्नलाई स्वीकृती  प्रदान गरेको छ ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा शुुक्रबार सम्पन्न विशेष साधारण सभा यस्तो निर्णय गरेको हो ।  सभाले अल्पाइन डेभलपमेन्ट बैंक लि. को १०० कित्ता बराबर सेञ्चुरी कमर्सियल बैंक लि. को ९३ कित्ता र सेती फाइनान्स लि. को १०० कित्ता बराबर सेञ्चुरी कमर्सियल बैंक लि. को ७० कित्ता शेयर हुने गरी तय गरिएको शेयर अनुपातलाई स्विकृती समेत प्रदान गरेको छ ।

यो प्राप्ती पश्चात् बैंकको चुक्ता पूंजी करिब रु. ६ अर्ब हुनेछ । यसैगरी सेञ्चुरी बैंकले रु. १ अर्ब ८८ करोड बराबरको ४० प्रतिशत हकप्रद शेयरको बिक्री गदैंछ र रु. ८ अर्बको नपूग पुँजी रकम चालु आ.व. को मुनाफाबाट पूरा गर्ने जनाएको छ । यसैगरी सबै सँस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको