Like us!
Follow us!
Connect us!
Watch us!

‘‘सेयर बजार वनको बाघले नखाए पनि मनको बाघले खायो’’

बुधबार, १८ मंसिर २०७६, १० : १० मा प्रकाशित

‘‘सेयर बजार वनको बाघले नखाए पनि मनको बाघले खायो’’

नेपालको पूँजीबजार एउटा ग्रामिण उखान चरितार्थ गरेझै ‘वनको बाघले खाओस की नखाओस तर मनको बाघले खायो’भनेझै विना खासै कारण हल्लै हल्लामा बजार प्रभावित भएको छ ।

कतै बजार घटिपो हाल्छ की भनेर अत्ताल्लिएर फल लाग्दै गरेको बृक्षलाई चिचिल्लामै बोटै निमोठने काम पनि भइरहेको छ । जुन दीर्घकालीन बजार निर्माणका लागि अप्ठ्यारो विषय बनीरहेको छ ।

सेयर वजार लाई प्रभावित पार्न के आर्थिक सुचकाङ्कहरु नकारात्मक नै छन तर विल्कुल हैन,सबै लगानीकर्ताले एकपटक गहिरिएर बुझनै पर्ने बेला देखाएको छ ।

सेयर वजारका केही शकुनी जुवाडेहरु नेप्से सय पचास अंक वढेपछी आफ्नो सेयर बेच्ने र बजारमा अनावश्यक गलत हल्ला फैलाउदै बजार धटाएर नयाँ र साना लगानीकर्ता लाई दिगभ्रमीत वनाएर आफ्नो रित्तिएको  थैलो भर्न तल्लिन देखिन्छन् ।

सेयर वजारमा हुदै गरेका उपलब्धिहरुलाई गुमनाम वनाएर केही खेलाडीका लागि अनावस्यक समाचारले प्रमुख स्यान पाउँदा सेयर वजारमा सर्वसाधारण लगानिकर्ता माझ संन्त्रासले डेरा जमाएको छ । लगानिकर्ता प्रतिफलको  प्रतिक्षामा  रहँदा केही पहुचवाला खेलाडी आफु अनुकुल सेयर बजारमा तरंङ्ग पैदा गर्न उद्यत् छन्।

सेयर वजार लाई प्रभावित पार्न के आर्थिक सुचकाङ्कहरु नकारात्मक नै छन तर विल्कुल हैन,सबै लगानीकर्ताले एकपटक गहिरिएर बुझनै पर्ने बेला देखाएको छ ।

आर्थिक,राजनैतिक सामाजिक परिवेशमा पनि कुनै नकारात्मक परिदृश्य छैन,झन राजनैतिक परिबेश संस्थागत हुदै संविधान कार्यनयनको चरणमा छ भने संघीय र प्रादेशिक चुनाब हुने सुनिश्चितताले अझै सम्वृद्धि र सुशासन उन्मुख परिस्थितिको  सृजना गरेको छ । स्थानिय निकायको कार्यान्यनले विकास निर्माणमा गति  लिदैछ ।

र आर्थिकरुपमा उध्योगधन्दा कलकारखाना थपिने क्रम वढ्दैछ भने बैंकको मुद्दति निछेपको ब्याजदर घट्दै बैंकले लगानि  गर्ने ऋणमा पनि ब्याजदर क्रमै संङ्ग घटिरहेको छ । सेयर धितोकर्जा ब्यापकरुपमा दिन  बैंकहरुले सूचना प्रकाशित गरिरहेका छन ।

निकट समयमै गैर आवासिय नेपालीलाई पूँजी बजारमा भित्र्याउनका  लागि आबश्यक नीति निर्माणको तयारी र निर्धारित त समयमै  अनलाईन ट्रेडिङ्ग प्रयोगमा ल्याउने तयारी नेपाली पूँजी वजारको  विकास र विस्तारका प्रयासहरु हुन् ,जसले नेपाली  पूँजी वजारको विकाश र विस्तारको लागि महत्वपुर्ण भुमिका खेल्ने छ ।

 यतिहुँदा हुँदै आफ्नो फल लाग्दै गरेको बृक्षको मुन्टो किन निमोठने ? प्रश्नको उत्तर खोज्ने बेला भएन र ।

यो पनि पढ्नुहोस्

अवसरको संघारमा सेयर बजार : आत्तिनु पर्ने कारण छैन

यसकारण छलाङ्ग हान्नेछ सेयर बजारले: एसपी चौलागाईको विश्लेषण

‘अझै बढ्नेछ सेयर बजार, आत्तिनुपर्ने अबस्था छैन’ : एसपी चौलागाईंको विष्लेषण

यसकारण बढ्छ सेयर बजारः एसपी चौलागाईंको विष्लेषण 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको