अर्थ संसार, काठमाडौं–नेपाल स्टक एक्स्चेन्जमा सुचिकृत कम्पनीहरुमध्ये अहिलेसम्म ४४ वटाले गत बर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् ।
आर्थिक बर्ष लागेसँगै कम्पनीहरुलाई आफ्ना लगानीकर्ताहरुलाई लाभाशं घोषणा गर्ने क्रम बढ्दो छ । नेप्सेमा सूचीकृत २ सय २८ कम्पनीमध्ये केहीले मात्र लाभांश घोषणा गरेका हुन् ।
कम्पनी ऐन २०६३ अनुसार हरेक कम्पनीले आर्थिक बर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्छ । अघिल्लो बर्ष गरेको मुनाफाबाट सेयरधनीलाई बाँडिने लाभांश साधारणसभामा लगेर पारित गर्नुपर्छ ।
अहिलेसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये नगद लाभांश धेरै घोषणा गर्नेमा नेपाल लिभर देखिएको छ । यस कम्पनीले सेयरधनीलाई १ हाजर २ सय ७० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
यसै गरी बोसन सेयर धेरै बाँड्ने कम्पनीमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । उक्त कम्पनीले १०० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको छ ।
(कसले कति दियो )
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस