अर्थ संसार, काठमाडौं– दशैंमा टिका लगाएको पैसा जम्मा गर्नुहोस् ? किन कि दशैंमा जम्मा गरेको पैसाले सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकोे साधारण सेयर (आइपिओ) किन्न हुन्छ ।
असोज १८ गतेदेखि बजारमा यस माइक्रोफाइनान्सको आईपिओ निष्काशन हुँदै छ । सपोर्ट माइक्रोफाइनान्सले १ लाख ८० हजार कित्ता साधारण सेयरनिष्काशन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा १ करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
लगानीकर्ताले १८ गते देखि छिटोमा असोज २३ गते देखि ढिलामा कार्तिक १६ गते सम्म आवेदन दिन सकिनेछ । साधारण सेयरको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
सेयर आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ता सम्ममा आवेदन दिन सक्नेछन् ।
कम्पनीले २ प्रतिशत अर्थात ३६ सय कित्ता साधारण सेयरहरु कम्पनीका कर्मचारीहरुको लागि र ५ प्रतिश अर्थात ९ हजार कित्ता साधारण सेयरहरु सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस