Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय बीमा संस्थानको आजदेखि ‘जीवन बन्धु दोहोरो लाभ जीवन बीमा’ योजना लागू

शुक्रबार, ०६ असोज २०७४, ०७ : ५६ मा प्रकाशित

राष्ट्रिय बीमा संस्थानको आजदेखि  ‘जीवन बन्धु दोहोरो लाभ जीवन बीमा’ योजना लागू

अर्थ संसार, काठमाडौँ– राष्ट्रिय बीमा संस्थानले ‘जीवन बन्धु दोहोरो लाभ जीवन बीमा’ नामक नयाँ योजना ल्याएको छ ।

कम्पनीले जीवन रहँदा पनि, जीवन नरहँदा पनि स्लोगनसहित ल्याएको  बहुप्रतिक्षित सो योजना बुधबार राजधानीमा एक समारोहकाबीच सार्वजनिक गरिएको छ ।आजदेखि  कार्यान्वयनमा ल्याइएको योजना अनुसार बीमितले दुई पटक बीमा दाबी गर्न पाउनेछन् ।

सावधिक अवधि पुरा भएपछि एक पटक दाबी गर्न सकिनेछ । त्यसपछि बीमितको मृत्यु भएपछि नीजको परिवारले फेरी अर्को एक पटक बीमा दाबी गर्न सक्नेछन् ।

यो बीमा योजना ११ बर्ष उमेरदेखि ६५ बर्ष उमेरसम्म लागु हुने संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले बताउनुभयो । बीमा लेख लागु भएको दुई वर्षपछि धितो राखेर ९० प्रतिशतसम्म ऋण लिन सकिने उहाँले बताउनुभयो ।

कम्पनीले यस अघि नै १० प्रकारका बीमा योजना कार्यान्वयन गरिरहेको छ । सावधिक र आजीवन बीमा योजनाका गुण भएको योजनाले कम्पनीको बजार विस्तारमा ठूलो भूमिका निर्वाह गर्ने निमित्त प्रशासक थापाले बताउनुभयो ।

समयसापेक्ष प्रतिष्पर्धाको लहरमा संस्थानले आफुलाई उभ्याइसकेको भन्दै संस्थानका अध्यक्ष डा. खोमराज खरेलले संस्थानमा लामो समयदेखि बाह्य लेखापरीक्षण हुन नसक्नु, संस्थानको आन्तरिक व्यवस्थापनमा उपयुक्त समन्वय हुन नसक्नु, समय सापेक्ष जनशक्ति तथा सूचना व्यवस्थापन प्रणाली तथा प्रविधि जस्ता चुनौतिलाई चिर्दै संस्थानलाई नयाँ ढंगबाट अगाडि बढाइएको बताउनुभयो । बाँकी रहेको सम्पूर्ण लेखापरीक्षण तीब्र गतिमा अगाडि बढाइएको भन्दै अब छिट्टै सम्पन्न हुने उहाँले बताउनुभयो ।

‘बीमा व्यवसायमा विश्वसनीयता राष्ट्रिय बीमा संस्थान’ भन्ने नारालाई ग्राहकले भित्रैदेखि महसुस गर्नेगरी संस्थानको मुख्य रणनीति बजार व्यवस्थापनमा केन्द्रित गरेको उहाँले बताउनुभयो । नयाँ प्रडक्टसँगै बजार अबका दिनमा सक्रिय र आक्रामक रूपमा अघि बढेको उहाँले बताउनुभयो ।

राष्ट्रिय बीमा संस्थाको वित्तीय स्थिति ज्यादै नै सुदृढ रहेको भन्दै नियमनकारी निकाय बीमा समितिले तोकेको दुई अर्ब पूँजी पु¥याउन त्यसको पूँजी योजना सञ्चालक समितिबाट पारित गरेर नेपाल सरकार अर्थ मन्त्रालयमा स्विकृतिको लागि पठाइ सकेको उहाँले जानकारी दिनुभयो ।

नयाँ योजना सार्वजनिक कार्यक्रममा संस्थानका कामु व्यवस्थापक होमप्रसाद गौतम, नायब महाप्रबन्धक सिए महेश रिमाल, सञ्चालक इश्वरीप्रसाद अर्याल, बजार व्यवस्थापन प्रमुख विनोद थापा, पेशागत बीमा अभिकर्ता संघ अध्यक्ष बीमा संस्थानका अध्यक्ष शम्भुप्रसाद ढुंगानालगायतले योजनाका बारेमा बोल्नुभएको थियो ।

राष्ट्रिय बीमा संस्थान २०२५ सालमा स्थापना भएको हो । देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजी परिचालन गर्न तथा विदेशी मुद्राको व्ययभार रोक्ने उद्देश्य लिई स्थापना भएको संस्थानले आफ्नो बीमा व्यवसाय क्षेत्रमा महतवपूर्ण भूमिका निर्वाह गर्दै एक भरपर्दो, विश्वसनीय तथा अग्रणी स्थान ओगट्न सफल भएको छ ।

सरकारको उदार एवं खुला प्रतिष्प्रधात्मक अर्थ नीतिको भावना अनुकुल समयसापेक्ष कडा प्रतिष्पर्धात्मक बीमा बजारको चुनौतिहरूको सामना गर्दै प्रतिष्पर्धाको लहरमा संस्थानले आफुलाई उभ्याइसकेको छ । यसको लागि संस्थानले आफ्नो व्यवसायिकता, व्यवस्थापन र आर्थिक पक्षलाई भावी कार्यक्रम तथा लक्ष्य निर्धारण गरी क्रमिक रूपमा सुधार गर्दै जानेछ ।

प्रतिवद्घ बीमकको रूपमा स्थापित संस्थानले आफ्नो गरिमालाइृ बचाउन उपलब्ध साधन, स्रोत र आधुनिक प्रविधिको उच्चतम परिचालन गरी बीमा बजारमा संस्थानप्रति रहेको विश्वास अभिबृद्घि तथा व्यवसायको विस्तार गर्नुपर्ने गहन जिम्मेवारी संस्थानमाथि निर्भर रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको