अर्थ संसार, काठमाडौं – नेपालीहरुको महान चाड विजय दशमीको सार्बजनिक विदाका कारण हिजोआज सेयर बजारमा सुस्त देखिएको छ । दशैंको विदा सकिएसँगै सेयर बजार एकाएक उचाईमा लिने लक्षण देखा परेको छ ।
किन की विभिन्न कम्पनीले साधारण सेयर (आइपिओ ) निष्काशन गर्नेकोको लागि नियामन निकाय धितोपत्रबार्डमा आवेदन दिएका छन् । आवेदन दिएका मध्ये सपोर्ट माइक्रोफाइनान्स लिमिटेडको साधारण सेयर आजदेखि विक्री खुल्ला भएको छ ।
सपोर्ट माइक्रोफाइनान्स
आजदेखि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकोे साधारण सेयर (आइपिओ) निष्काशन भएको छ ।पोर्ट माइक्रोफाइनान्सले १ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
लगानीकर्ताले १८ गते देखि छिटोमा असोज २३ गते देखि ढिलामा कार्तिक १६ गते सम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा १ करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता सेयर निष्काशन गर्न गरेको छ ।
लगानीकर्ताले १८ गते देखि छिटोमा असोज २३ गते देखि ढिलामा कार्तिक १६ गते सम्म आवेदन दिन सकिनेछ । साधारण सेयरको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
सेयर आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ता सम्ममा आवेदन दिन सक्नेछन् ।
कम्पनीले २ प्रतिशत अर्थात ३६ सय कित्ता साधारण सेयरहरु कम्पनीका कर्मचारीहरुको लागि र ५ प्रतिश अर्थात ९ हजार कित्ता साधारण सेयरहरु सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ ।
युनियन हाइड्रोपावर लिमिटेड
युनियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारण सेयर ९आईपिओ० निष्काशनको लागि साउन २९ गते धितोपत्र बार्डमा आवेदन दिएको छ । लिमिटेडले ६ लाख ३३ हजार ७ सय ४५ कित्ता सधारण सेयर निष्काशनको लागि आवेदन दिएको हो ।
सेयर विक्रीको लागि लिमिटेडले लक्ष्मी क्यापिटल मार्केटलाई विक्री तथा प्रबन्धकमा नियुक्त गरेको छ । धितोपत्र बोर्डले स्वीकृति दिएपछि लिमिटेडको साधारणसभाले आईपिओ निष्काशनको मिति तय गर्ने छ ।
सान्जेन जलविद्युत कम्पनी
सान्जेन जलविद्युत कम्पनीको ८७ लाख ६० हजार कित्ता साधारण सेयर (आइपिओे) आउने भएको छ ।
कम्पनीले साधारण सेयर निष्काशनको लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साधारण सेयर निष्काशनको लागि कम्पनीले बैंशाख १२ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड
यस कम्पनी लिमिटेडले १ करोड ६४ लाख २१ हजार ४० कित्ता सर्वसाधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्काशनको लागि बैशाख १३ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
निष्काशन सेयर विक्रीको लागि सिद्धार्थ क्यापिटल, एनआइविएल क्यापिटल, मार्केट, ग्लोबल आइएमई, क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई विक्री तथा प्रबन्धकमा नियुक्ति गरेको छ ।
पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड
पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले स्थानीयवासीको लागि ११ लाख कित्ता सर्वसधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।
यस लिमिटेडले वैशाख २६ गते धितोपत्र बोर्डमा सेयर निष्काशनको लागि आवेदन दिएको छ । सेयर निष्काशनको लागि पञ्चकन्याले नबिल इन्भेष्टमेन्ट बैकिङ र एनसिएम मर्चेन्ट बैकिङलाई विक्री प्रबन्धकमा जिम्मेवारी दिएको छ ।
राधी विद्युत कम्पनी लिमिटेड
यस लिमिटेडले ७ लाख ६४ हजार ५ सय ५० कित्ता सर्वसाधारण सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैशाख वैशाख २९ गते धितोपत्र बोर्डमा आवेदन दिएको यस कम्पनीले सेयर निष्काशन बिक्री प्रबन्धकमा नबिल इन्भेटमेन्ट बैकिङलाई नियुक्त गरेको छ ।
सिइडिबी हाइड्रोपावर फण्ड लिमिटेड
यस हाइड्रोपावरले २२ लाख ८९ हजार ३ सय कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।
सेयर निष्काशनको लागि सनराईज क्यापिटल लिमिटेडलाई विक्री पन्धन्कलाई जिम्मेवारी दिएको छ । यसले साधारण सेयर निष्काशनको लागि २०७३ असार २७ गते सेवनमा आवेदन दिएको थियो ।
आँखु खोला जलविद्युत कम्पनी
यस आँखु खोला जलविद्युत कम्पनीले स्थानीयवासीको लागि ८ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।
सेयर निष्काशनको लागि सिभिल क्यापिटल मार्केटलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । ०७३ जेठ ३१ गते सेयर निष्काशनको लागि धितोपत्र बोर्डले आवेदन दिएको छ ।
गर्जाङ उपत्यका हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड
यस हाइड्रोपावरले स्थानीयवासीको लागि २ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।
सेयर निष्काशन विक्री प्रबन्धकमा एनआइविएल क्यापिटललाई नियुक्त गरेको छ । धितोपत्र बोर्डमा सेयर निष्काशनको लागि लिमिटेडले ०७३ असोज १४ गते आवेन दिएको थियो ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
यस कम्पनीले स्थानीयवासीको लागि ३ लाख ७१ हजार ४ सय कित्ता साधाराण् सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । यस लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सेयर निष्काशनको लागि ०७३ पुष १२ गते धितोपत्र बोर्डमा ओवदन दिएको छ ।
माथि उल्लेखित कम्पनीको सधारण सेयर (आइपिओ) नियामन निकाय धितोपत्र बोर्ड (सेवन) ले अनुमति दिएपछि र कम्पनीको साधारण सभाले सेयर निष्काशनको मिति तय गर्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस