Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण प्रयास, जवाफी कारबाही हुन्छ : रूस

अर्थ संसार

विहीबार, २१ बैशाख २०८०, ०८ : ४८ मा प्रकाशित

राष्ट्रपति पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण प्रयास, जवाफी कारबाही हुन्छ : रूस

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले रातभर गरेको ‘ड्रोन आक्रमण’ लाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै रूसले आफूले चाहेको तरिका, स्थान र समयमा प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ ।

रूसले युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाउँदै यो ‘आतङ्कवादी हमला’ भएको दाबी गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “मङ्गलबार राति युक्रेनी मानवरहित ‘वायु यान’  आक्रमणको समयमा राष्ट्रप्रमुख क्रेमलिनमा रहनुभएको थिएन र उहाँ अहिले मस्को नजिकैको आफ्नो निवासमा काम गरिरहनुभएको र आफ्नो कार्यतालिकामा कुनै परिवर्तन नभएको पनि जानकारी गराइन्छ ।” 

पुटिनका कर्मचारीका अनुसार युक्रेनले क्रेमलिनस्थित उहाँको अपार्टमेन्टमा आक्रमण गर्ने उद्देश्यले रातारात दुईवटा ड्रोन आक्रमण गरेको थियो ।

ड्रोनहरू विद्युतीय युद्धका उपायहरू प्रयोग गरेर नष्ट गरिएको र कुनै हताहत वा क्षति नभएको उनले बताए । 

रसिया टुडेको एक रिपोर्टका अनुसार सन्देशमा भनिएको छ, “यस आतङ्कवादी कार्यको परिणामस्वरुप रूसी महासङ्घका राष्ट्रपतिलाई कुनै चोट पटक लागेको छैन । उहाँको कार्यतालिका परिवर्तन भएको छैन, यो सधैंजस्तै जारी छ ।”
 
रसिया टुडेका अनुसार क्रेमलिनले रूसी पक्षलाई आफूले उपयुक्त ठानेको प्रतिशोधात्मक कदम चाल्ने अधिकार सुरक्षित रहेको पनि उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “हामी यसलाई पूर्वनियोजित आतङ्कवादी गतिविधि र रूसी राष्ट्रपतिविरुद्धको प्रयास ठान्छौं, यो घटना विदेशी पाहुनाहरू उपस्थित हुने योजना बनाइरहेको समय ‘विजय दिवस र मे ९’ को परेडको पूर्वसन्ध्यामा भएको छ । उचित समयमा उचित प्रतिरोधात्मक कदम चालिनेछ ।” 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको