Like us!
Follow us!
Connect us!
Watch us!

६० कम्पनीले गरे लाभांश घोषणा, कुनको कति प्रतिशत ? (लिष्टसहित)

शनिबार, २१ असोज २०७४, २१ : ५७ मा प्रकाशित

६० कम्पनीले गरे लाभांश घोषणा, कुनको कति प्रतिशत ?  (लिष्टसहित)

अर्थ संसार, काठमाडौं–नेपाल स्टक एक्स्चेन्जमा सुचिकृत कम्पनीहरुमध्ये अहिलेसम्म ६० वटाले गत बर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् ।

आर्थिक बर्ष लागेसँगै कम्पनीहरुलाई आफ्ना लगानीकर्ताहरुलाई लाभाशं घोषणा गर्ने क्रम बढ्दो छ । नेप्सेमा सूचीकृत कम्पनीमध्ये  केहीले  मात्र लाभांश घोषणा गरेका हुन् ।

कम्पनी ऐन २०६३ अनुसार हरेक कम्पनीले आर्थिक बर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्छ । अघिल्लो बर्ष गरेको मुनाफाबाट सेयरधनीलाई बाँडिने लाभांश साधारणसभामा लगेर पारित गर्नुपर्छ ।

अहिलेसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये नगद लाभांश धेरै घोषणा गर्नेमा नेपाल लिभर देखिएको छ । यस कम्पनीले सेयरधनीलाई १ हाजर २ सय ७० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

यसै गरी बोसन सेयर धेरै बाँड्ने कम्पनीमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ  । उक्त कम्पनीले १०० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको छ ।

कसले कति ?

59d9888a97a9b.jpg 59d988dce6881.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको