Like us!
Follow us!
Connect us!
Watch us!

नेदरल्याण्डका विज्ञले दिए नर्सरी ब्यबस्थापन तालिम

मंगलबार, ३० कार्तिक २०७३, १४ : १२ मा प्रकाशित

नेदरल्याण्डका विज्ञले दिए नर्सरी ब्यबस्थापन तालिम

अर्थ संसार
काठमाडौं– फ्लोरिकल्चर एशोसिएशनले कृषि बिकास मन्त्रालय र नेदरल्याण्डस्थित पमको प्राबिधिक सहयोगमा नर्सरी ब्यबस्थापन तालिम आयोजना गरेको छ । 

तालिममा धरान, पोखरा, चितवन र काठमाडौंका गरी ३० जना पुष्प ब्यवसायीको सहभागिता थियो । सहभागीलाई पमका पुष्प बिशेषज्ञ विम भान केस्टरले तालिम दिएका थिए । 

तालिममा सहभागिहरुलाई फ्लोरिकल्चर एसोशिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले प्रमाणपत्र बितरण गरेका थिए । त्यस अबसरमा अध्यक्ष श्रेष्ठले यसपटक आयोजना गरेको तालिम यसअघि गरिएका तालिमभन्दा फरक रहेको बताउँदै तालिमबाट सिकेका कुरा ब्यबहारमा लागू गर्न सहभागीलाई आग्रह गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको