Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सको नाफा ३२ प्रतिशतले बृद्धि, कति कमायो ?

बुधबार, ०१ मंसिर २०७३, १४ : २८ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सको नाफा ३२ प्रतिशतले बृद्धि, कति कमायो ?

अर्थ संसार
काठमाडौं–सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक बर्षको तीन महिनामा खुद नाफा ३२ प्रतिशतले बढाएको छ । कम्पनीले यस अबधिमा  ३ करोड ८० लाख रुपैयाँ कमाएको छ । 

कम्पनीको बीमा शुल्क आर्जन ४७ दशमलव ७१ प्रतिशतले बढेर ४२ करोड ६७ लाख रुपैयाँ पुगेको छ । यस्तै दाबी भुक्तानी रकम ४९ प्रतिशतले घटेर १२ करोड ६७ लाखमा समेटिएको छ ।

भुक्तानी हुन बाँकी रकम समेत ५३ प्रतिशतले घटेर ५० करोडमा सिमित भएको कम्पनीले जनाएको छ  इन्स्योरेन्सको जगेडा कोष १७ दशमलव १८ प्रतिशतले बढेको छ । अहिले जगेडा कोषमा १६ करोड ५० लाख रुपैयाँ छ । कम्पनीको प्रति शेयर आम्दानी ११.०३, मूल्य आम्दानी अनुपात २२६/६५, प्रति सेयर नेटवर्थ २५४.०३, प्रति सेयर कुल सम्पत्तिको मूल्य ५९९.५० रुपैयाँ छ । 

582c1cdae3a6f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको