Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्री श्रेष्ठलाई ओलीको प्रश्नः सुन प्रकरणमा तपाईंको संलग्नता छ कि छैन?

अर्थ संसार

मंगलबार, ०९ साउन २०८०, ११ : १३ मा प्रकाशित

गृहमन्त्री श्रेष्ठलाई ओलीको प्रश्नः सुन प्रकरणमा तपाईंको संलग्नता छ कि छैन?

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट समातिएको सय केजी सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आशंका व्यक्त गरेका छन् । 

कम्बोडियामा आइतबार सम्पन्न भएको निर्वाचन पर्यवेक्षण गरेर हिजो (सोमबार) राति स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सय केजी सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहे नरहेको स्पष्ट पार्न आग्रह गरेका हुन् । 

अध्यक्ष ओलीले भने, ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ, आफू । उहाँले एअरपोर्टमा सुरक्षाको बन्दोबस्त गरेको छ की छैन ?  एअरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन ? यहाँ के आउने के जाने ति चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो की होइन ? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ । गृहमन्त्री कोटको गालामा र टारको गालामा काँक्राको बियाँ अर्काको गालामा मुखैका छेउमा लगेर टाँस्दै बस्छन् । यो अत्यन्तै अनैतिक क्रियाकलाप हो । यस्ता गैरजिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? उहाँले बताउनुपर्‍यो  उहाँको संलग्नता छ छैन ? सानोतिनो संलग्नताबाट यो काम त भएको छैन होला १ उहाँको चाँहि संलग्नता छ छैन? छैन भने कसको संलग्नता छ? को छ यसमा ? यतिकै कोटको गालामा बियाँ टाँस्ने होइन ।’ 

गृहमन्त्री श्रेष्ठका पछिल्ला अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार रहेको आरोप लगाउँदै ओलीले जथाभावी नबोल्न पनि आग्रह गरे ।-File Photo 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको