Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा ६ अर्बको सेयर आउँदै, कुनको कति ?

शनिबार, ११ कार्तिक २०७४, ११ : ०९ मा प्रकाशित

बजारमा  ६ अर्बको सेयर आउँदै,  कुनको कति ?

अर्थ संसार, काठमाडौं – सेयर बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाको ५ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर आउने भएको छ ।

बजारमा १४ वटा कम्पनीले धितोपत्र बोर्डबाट सो मात्राको हकप्रद सेयर निष्कासन गर्न अनुमति पाइसकेका छन् ।

बोर्डको अनुमति पाएअनुसार ९ वटा विकास बैंक, ४ वटा फाइनान्स र एक वाणिज्य बैंक गरी १४ वटा संस्थाले आफ्नो चुक्ता पूँजी वृद्धि गर्न बजारमा हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् ।

  • मुक्तिनाथ विकास बैंकः मुक्तिनाथले १० बराबर ४ को अनुपातमा ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केटबाट ६१ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री गर्न लागेको हो ।

  •  जेबिल्स फाइनान्स लिमिटेडः जेबिल्सले पनि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ बराबरको २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकको बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ ।

  • आरएसडीसी लघुवित्त वित्तीय संस्थाः आरएसडीसी लघुवित्त वित्तीय संस्थाले पनि चुक्ता पुँजी वृद्धि गर्न १ बराबरको २ को अनुपातमा २३ लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआइबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

  •  बेस्ट फाइनान्स लिमिटेडः फाइनान्सले १२५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । फाइनान्सले १६ करोड ५२ लाख रुपैयाँ बराबरको १६ लाख ५२ हजार ८५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल मार्फत सो मात्राको हकप्रद सेयर निष्कासन गर्दै छ ।

  •  किसान माइक्रोफाइनान्स वित्तीय संस्थाः यस कम्पनीले ७८ लाख रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट मार्फत २४।२२ प्रतिशत हकप्रद सेयर बजारमा बिक्री गर्ने भएको छ ।

  • समीट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकः यस बैंकले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति पाएको छ । कम्पनीले ७ करोड २५ लाख रुपैयाँ बराबरको ७ लाख २५ हजार कित्ता सेयर सानिमा क्यापिटल मार्फत निष्कासन गर्न लागेको हो ।

  • एक्सेल डेभलपमेन्ट बैंकः बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले १९ लाख २२ हजार कित्ता हकप्रद निष्कासन गर्न बिक्री प्रवन्धकमा एस क्यापिटललाई नियुक्त गरेको छ ।

  •  मेगा बैंकः बैंकले सेयरधनीलाई ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले २ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ बरारबको हकप्रद नविल इन्भेष्टमेन्ट बैंकिङ मार्फत निष्कासन गर्न बोर्डको अनुमति पाएको छ ।

  •  ओम डेभलपमेन्ट बैंकः ओमले पनि ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । बैंकले एनआईबीएल क्यापिटल मार्फत ४९ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर जारी गर्दै छ ।

  •  गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सः गुहेश्वरी मर्चेन्ट बैंकिङले ४० प्रतिशत हकप्रद सेयर एनआईबीएल क्यापिटल मार्फत निष्कासन गर्ने भएको छ । कम्पनीले १९ करोड ७३ लाख रुपैयाँ बराबरको १९ लाख ७३ हजार कित्ता सेयर बजारमा ल्याउँदै छ ।

  •  नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकः बैंकले १२० प्रतिशत हकप्रद सेयर एनआईबीएल क्यापिटल मार्केट मार्फत जारी गर्ने भएको छ । कम्पनीले २६ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको छ ।

  •  भार्गव विकास बैंकः बैंकले ८० प्रतिशत हकप्रद निष्कासन गर्दै छ । बैंकले एनएमबी क्यापिटल मार्फत २१ करोड १२ लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।

  •  माउन्ट मकालु डेभलपमेन्ट बैंकः बैंकले चुक्ता पुँजी वृद्धि गर्न ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३ करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको ३ लाख ४५ कित्ता सेयर एनआईबीएल क्यापिटल मार्फत बिक्री गर्ने लागेको हो ।

  •  रिलायन्स फाइनान्सः रिलायन्स फाइनान्सले पनि कम्पनीको चुक्ता पुँजी वृद्धि गर्न ४५ प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ । हकप्रद निष्कासन गर्न सनराइज क्यापिटललाई आफ्नो बिक्री प्रवन्धक तोकेको छ ।

१० अर्ब ६० करोडको हकप्रद सेयर पाइपलाइनमा धितोपत्र बोर्डमा विभिन्न बैंक, वित्त, बीमा, जलविद्युत र उत्पादनमुलक गरी १५ कम्पनीले हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका छन् । चालु आर्थिक वर्ष शुरु भए पश्चात हालसम्म कुल १० अर्ब ६० करोड ३७ लाख रुपैयाँ बराबरको १० करोड ६० लाख ३७ हजार ४२९ कित्ता सेयर पाइपलाइनमा छन् ।

  •  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको